काठमाडौ १७, साउन।
सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो।
सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ। उहाँका अनुसार शनिबार सांझसम्म सबैको रिपोर्ट आइपुग्ने छ । नेपालमा बिशिस्ट ब्यक्तिहरुमा पनि भाइरस संक्रमण देखिन थालेको छ । पहिलो पटक संघीय सांसदलाई शुक्रवार सांझ कोरोना भाइरस संक्रमण पुष्टि भैसकेको छ ।








