भुवन प्रसाद भट्ट-
मुम्बई : युएई लगायतका देशबाट फर्काइएका नगरिकलाई सम्मानपूर्वक व्यवस्थीत तरिकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उचित क्वारेन्टाइनमा व्यवस्थापन गरियो। तर भारत बाट फर्किएका हजारौं नेपाली लाई ४५ दिन नाकामा बन्दी बनाइयो।
त्यसपछि नाका खोल्दा नाटकिय रुपमा हजारौं जनता नेपाल भित्र्याइयो। देखावटी रुपमा असुरक्षित बसमा यात्रा गराएर गाउँगाउँ पु¥याइयो। विद्यालयमा भेडा बाख्रा जस्तै खचाखच ठेलियो।
त्यस्तो क्वारेन्टाइन भित्र कसैले आवाज उठाउन खोज्यो भने विभिन्न कानुनको धम्की दिएर डराइन्छ। सोही डरमा धेरैले सडेगलेको खाना खान बाध्य भए।
असुरक्षित क्वारेन्टाइनमा धेरैको ज्यान पनि गयो। कति आमाका गर्भपतन भए। अझै जनावरको जस्तै खाना खुवाउदै छ। कुनै रोग नलागेको ब्यक्ती क्वारेन्टाइनमा बस्दा अनेकौं रोग लगेर घर फर्किन बाध्य छन।
अझै सरकार भन्छ, कोरोनाको नाममा १० करोड खर्च भयो। हामी गरिबलाई २० दिन पाल्न सक्नुभएन। हामी बिसौँ बर्षदेखि सासंद मात्रै होईन उनीहरुका आसेपासेलाई पनि पालिरहेका छौ। नेपालको अर्थतन्त्रलाई बलिया बनाउन भारतमा श्रम बगाइरहेका छौ।
हामी भारत बाट आएका नेपालीमाथि आफ्नै देशमा शरणार्थी जस्तै ब्यवहार किन गरियो? भारतभन्दा तेस्रो मुलुकबाट केवल रेमिट्यान्स मात्र आउँछ तर हामी भारतबाट भोट र नोट दुबै पठाउछौ। र पनि हामीसंग यस्तो निर्मम अत्याचार किन गरियो?
हामीले विदेशमा पाएको पीडाको कुनै मुल्याङकन नै छैन् ठिक छ। आफ्नै देशको सरकारले दुई छाक खाना समेत नदिएपछि अहिले थप पीडित बनेका छौ। म ती गाउँ सहरका क्वारेन्टाइनको अवस्था देखेर घर फर्किन सकेको छैन्। म सुरक्षित नेपाल सम्म आउन सक्थे तर आफ्नै गाउँमा रहेको क्वारेन्टाइनको डर लाग्न थालेको छ।
स्थानीय सरकारले भारतबाट आएका ब्यक्तीलाई चेक जाँच नगरि १४ दिन क्वारेन्टाइन राखेर घरमा पठाएको छ। अब घरमा नै होम क्वारेन्टाइन बस्नु भन्ने सुझाव दिएको छ भन्ने खबरले झन चिन्ता बढेको छ।
बुढा आमाबुवा र छोराछोरीसंगै निशब्द भएर बसेकी श्रीमती दैनिकी फोन गर्दै भन्छिन्, ‘ भारतमा त झनै त्रास छ। घर कहिले फर्किनुहुन्छ।’ तर उनको प्रश्नमा म पनि निशब्द हुन्छु।
पहिलो पटक जन्मभूमी फर्किन डर लागिरहेको छ। मलाई डर कोरोनाको कदापी हाईन्। मलाई डर तिम्रो लुटतन्त्र कोरोना ब्यवस्थापनको हो। तिमी लुट्दै जाने अनि हामी कहिलेसम्म असुरक्षित भईरहने सरकार!