भेरी अस्पतालका ईएनटी बिभाग प्रमुख डा दिनेश चौधरी भन्छन्–‘३०–४० बर्ष अघिका उपकरणबाटै विरामीलाई सेवा दिइरहेका छौं ।’

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

प्रियास्मृति ढकाल-
नेपालगन्ज २६, कात्तिक ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण भएकाले पनि भेरी अस्पतालमा घाँटी दुखेका विरामीको संख्या बढीरहेको छ । अस्तालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा दिनेश कुमार चौधरी भन्नुहुन्छ–‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर भएपनि उपचार दिइरहेका छौं ।’ कोरोना भाइरस महामारीको बिषम परिस्थितका कारण अस्पतालको ओपिडी सेवालाई अहिले केही खुमच्याइएको छ । तर पनि सेवा रोकिएको छैन् ।

योभन्दा अघि दैनिक ६०–७० जना नाक, कान तथा घाँटीको समस्या लिएर अस्पताल आउने गरेका थिए । डा चौधरी भेरीको एक्लो नाक, कान तथा घाँटी बिशेषज्ञ हुनुहुन्छ । यसअघि रमेश श्रेष्ठ हुनुहुन्थ्यो । तर उहाँको अवकाशपछि भेरीमा ईएनटी बिशेषज्ञ चौधरीमात्र हुनुहुन्छ । विगत ७÷८ बर्षदेखि उहाँले नै ईएनटी विभागको कमाण्ड समहाल्दै आउनुभएको छ ।

‘बीचमा केही करारमा आउनुभयो तर धेरै बस्नुभएन्’–उहाँले भन्नुभयो । ‘जनशक्ति अभावकाबीच पनि सेवा रोकिएको छैन उहाँले भन्नुभयो–‘मेजर सर्जरी समेत भेरीमै गरेका छौं ।’ ३०–४० बर्षका उपकरणबाट ईएनटी सेवा प्रदान गरिरहेको भेरीसँग नयाँ प्रविधिका उपकरण छैनन् । त्यहीपनि क्यान्सरको उपचारबाहेक अन्य मेजर सर्जरी यही भइरहेको डा चौधरीले बताउनुभयो ।

अहिले आधुनिक प्रविधिहरु भित्रिसकेका छन् । तर टेक्नोलोजीसँग खेल्न त्यती पाइएको छैन् । पुराना सामागी छन् । त्यहीबाट काम गर्नु परेको छ-उहाँको थप भनाइ थियो ।

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

कुर्मी समुदायमा बाँकेको पहिलो डाक्टर
कुर्मी समुदायमा छोराछोरीलाई पढाउने चलन खासै थिएन । खेती किसानी गर्ने र त्यहीबाट जिविकोपार्जन गर्ने चलन थियो । आफ्ना छोराछोरीलाई खेतीकिसानीमै व्यस्त बनाउथे । तर डा दिनेशका हजुर बुवा जमिनदार हुनुहुन्थ्यो ।

नेपालगन्जमा आधिपत्य जमाएर बस्नुभएको थियो । प्रशस्त जग्गा जमिन थियो । वक्स सरकार चौधरी दिनेशका हजुरबुवा । ‘नेपालगन्जमा बस्न लागेको हाम्रो दशौं पुस्ता होला डा दिनेश चौधरीले भन्नुभयो–‘हामी त नेपालगन्जको रैथाने नै हो ।’ त्यही परिवारमा जन्मिएका दिनेश चौधरी कुर्मी समुदायबाट बाँकेका पहिलो डाक्टर बनेको बताउनुहुन्छ । उहाँपछि अहिले यो समुदायबाट सयको हाराहारीमा डाक्टर भइसकेका छन् । जमिनजग्गा प्रशस्त ।

मोजमस्तीमै जीन्दगी बिताउन सकिन्थ्यो । तर दिनेश भन्नुहुन्छ–‘मलाई त्यो मोजमस्तीमा रमाउन मन लागेन । कर्म गरेर मानवीय सेवामा समर्पित हुन मन लागेर यो पेशा अपनाए । म यसैमा सन्तुष्ट छु ।’ उहाँका हजुरबुवाले नै भेरी अस्पताललाई जग्गा दान गर्नुभएको छ । भेरीलाई मात्र होइन् जिल्ला समन्वय समिति (तत्कालिन जिल्ला विकास समिति), जिल्ला कारागार, नारायणी मावि, मंगल माविलगायतलाई जग्गा दान गर्नुभएको थियो । समाजसेवी तथा दानवीर वक्स सरकारका नाति भने कर्मवीर भएर अघि बढिरहनुभएको छ ।

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

नारायणीदेखि रसियासम्मको अध्ययनयात्रा
महाराजा र हिरादेवीको कोखबाट २०२८ साल कात्तिक १६ गते जन्मनुभएका दिनेश कक्षा ८ सम्म नारायणी मावि नेपालगन्जमा पढ्नुभयो । त्यसपछिको पढाइ भने उहाँको भारतको उत्तरप्रदेशमा भयो ।

उहाँले त्यहीबाट २०४५ सालमा एसएलसी पास गर्नुभयो । १२ कक्षाको पढाइपनि त्यही नै पूरा गर्नुभयो । दिनेशका हजुरबुवाको सपना थियो आफ्नो छोराहरुलाई डाक्टर बनाउने तर त्यो सपना पूरा भएन् । तर नातिहरुले भने उहाँको सपनाले साकार बनाइदिए । दिनेशको लक्ष्य र चाहना पनि डाक्टर नै बन्ने थियो ।

त्यही लक्ष्य र चाहनालाई साकार पार्न उहाँ एमबीबीएस अध्ययनका लागि २०५२ सालमा रसियाको मकलकला जानुभयो । त्यहीबाट एमबीबीएस सक्नुभयो । २०५९ सालमा एमबीबीएस सकेर उहाँ नेपाल फर्किनुभयो । २०६० सालमा उहाँ भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा सेवा प्रवेश गर्नुभयो । दुई बर्ष करार अवधि सकिएपछि उहाँ ईएनटीमा एमएस गर्न पुनः रसिया जानुभयो ।

२०६३ सालमा रसिया गएका उहाँले २०७० सालमा एमएस सकेर नेपाल फर्किनुभयो । नाक, कान र घाँटीको बिशेषज्ञता हासिल गरेपछि उहाँले केही महिना चितवनको भरतपुर अस्पतालमा सेवा दिनुभयो ।

त्यहाँबाट ७१ सालमा भेरी अस्पतालमा आउनुभएका डा दिनेशले त्यसपछि निरन्तर यही बसेर विरामीहरुको उपचार गर्दै आउनुभएको छ । केही चिकित्सकहरुसँग मिलेर विगत आधादशकदेखि नेपालगन्जमा चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालि संचालनमा ल्याउनुभएको छ ।

सम्बन्धित समाचार