भेरी अस्पतालमा पोष्टर्माटम गर्दै आएका भुपालको अनुभव–‘आठ बर्षदेखि मेरो दैनिकी ‘शव’ सँग वितिरहेको छ’

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

रिदम गौतम,
नेपालगन्ज १८, कात्तिक ।

पानीमा डुवेर मृत्यु भएको व्यक्तिको पोष्टमार्टम गर्नुपर्ने थियो । शंकर नेपालीले उनलाई पोष्टमार्टम गर्न पठाए । उनको त्यो पहिलो केस थियो । भुपाल श्रेष्ठ पोष्टपोष्टमार्टम भवनमा प्रवेश गर्नुभयोे । ‘पानीले शव सडिसकेको थियो, ९ बर्षअघि पहिलो पटक पोष्टमार्टम गर्दाको अनुभव सुनाउँदै श्रेष्ठले भन्नुभयो–‘करिव ३० मिनेट लगाएर पोष्टमार्टम गरे ।’ त्यसदिन देखि उहाँले तीन चार महिनासम्म मासु नै खानु भएन् । जतिपटक नुहाएनी, हात धोए पनि गन्ध आइरहे झै लाग्ने । डर पनि उस्तै लाग्ने ।‘राती सुत्दा पनि मन झस्किन्थ्यो’ उहाँले भन्नुभयो ।

८ बर्षअघि शंकर नेपालीले अवकास पाउनुभयो । त्यसपछि भेरी अस्पतालमा पोष्टमार्टम गर्ने सबै जिम्मेवारी भुपालकै काँधमा छ । २०४८ सालमा भेरी अस्पतालमा हेल्परका रुपमा सेवा प्रवेश गर्नुभएका भुपालले २०६९ सालदेखि शवको पोष्टमार्टम गर्दै आउनुभएको छ । ‘अहिलेसम्म दशौं हजार शवको पोष्टमार्टम गरियो होला उहाँले भन्नुभयो–‘मेरा हरेक दिन लास (मृत्यु भएका व्यक्ति)सँग वितिरहेको हुन्छ ।

भुपाललाई हिंजोआज लास चिर्दा न त डर लाग्छ न त घिन । तर उहाँलाई कलिला बालबालिका तथा युवाहरुको आत्महत्या गरेर ल्याइएका शवको पोष्टमार्टम गर्दा भने साह्रौ नमज्जा लाग्ने गरेको बताउँनुहन्छ । ती शवहरुको पोष्टमार्टम गर्दा भुपालका हातहरु थर्थराउँछन् । ‘आत्महत्या गरेका साना नानीबाबुको मुटु कलेजा चिर्दा आफ्नै चिरे  झै हुन्छ उहाँले भन्नुभयो–‘तर जिम्मेवारी निभाउनै पर्ने बाध्यता छ ।’

भुपालले कहिलेकाही एकै दिन सात जनाको पनि पोष्टमार्टम गर्नुभएको छ । ‘मेरा लागि चाडपर्व सबै उस्तै हुन् उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘दशै तिहारको दिनमा पनि शवको पोष्टमार्टम गरेको छु ।’ भुपाललाई हिंजोआज लास चिर्दा न त डर लाग्छ न त घिन । तर उहाँलाई कलिला बालबालिका तथा युवाहरुको आत्महत्या गरेर ल्याइएका शवको पोष्टमार्टम गर्दा भने साह्रौ नमज्जा लाग्ने गरेको बताउँनुहन्छ । ती शवहरुको पोष्टमार्टम गर्दा भुपालका हातहरु थर्थराउँछन् । ‘आत्महत्या गरेका साना नानीबाबुको मुटु कलेजा चिर्दा आफ्नै चिरे  झै हुन्छ उहाँले भन्नुभयो–‘तर जिम्मेवारी निभाउनै पर्ने बाध्यता छ ।’

पछिल्लो दिनमा कलिला बालबालिका र युवाहरुले अकालमा ज्यान फालिरहेका छन् । भुपालको आग्रह छ–‘सुनौलो भविष्य बोकेको जीन्दगीलाई क्षणभरको आवेशले नसिध्याऊ ।’ केही महिना अघिमात्र भुपालले १३ बर्षीया बालिकाको शव पोष्टमार्टम गरेको स्मरण गर्नुभयो । बाबाआमाले ल्याप्टम नकिनिदिएको झोकमा ती बालिकाले घाटीमा पासो लगाएर आफ्नो ज्यान फालेकी थिइन् । ‘अभिभावकहरुले आफ्ना बालबालिकामाथि निगरानी बढाउनु पर्यो । काउन्सिलिङ गर्नु पर्यो’ भुपालको आग्रह छ । ५३ बर्षीय भुपाल एक्लैले पोष्टमार्टम गर्नु हुन्छ । उहाँका कोही सहयोगी छैनन् ।

 ‘म भएन भने शवको पोष्टर्माटम गर्ने अर्को मान्छे नै छैन् उहाँले भन्नुभयो– ‘अस्पतालमा डिउटी पर्दैन तर शव आउने वित्तिकै आइहाल्नु पर्छ ।’ कसरी विदा पाइन्छ ? उहाँले भन्नुभयो–‘शव ल्याउन साथ पोष्टर्माटम गर्नु पर्छ अर्को व्यक्ति छैन् ।’ २ बर्षपछि उहाँको पनि अवकाश हुदैछ । शव पोष्टमार्टमका लागि अर्को जनशक्ति अझै तयार भइसकेको छैन् ।

८ बर्षदेखि विदा समेत नलिएको भुपालले बताउनुभयो । ‘म भएन भने शवको पोष्टर्माटम गर्ने अर्को मान्छे नै छैन् उहाँले भन्नुभयो– ‘अस्पतालमा डिउटी पर्दैन तर शव आउने वित्तिकै आइहाल्नु पर्छ ।’ उहाँ भेरी अस्पताल परिसरमै रहेको पोष्टमार्टम भवन नजिकै बस्नुहुन्छ । ‘कसरी विदा पाइन्छ ? उहाँले भन्नुभयो–‘शव ल्याउन साथ पोष्टर्माटम गर्नु पर्छ अर्को व्यक्ति छैन् ।’ २ बर्षपछि उहाँको पनि अवकाश हुदैछ । शव पोष्टमार्टमका लागि अर्को जनशक्ति अझै तयार भइसकेको छैन् ।

शव पोष्टमार्टम गर्न कसैले सिक्नै चाहादैनन् । उहाँले आफ्नै २५ बर्षीय छोरालाई पनि शव पोष्टमार्टम गर्न सिकाउने प्रयास गर्नुभयो । एकदिन आफैसँग सँगै पोष्टमार्टम सिकाउन लग्नुभयो । तर छोरा डराए । उनी त्यसपछि पोष्टमार्टम कक्षमा कहिल्यै गएनन् । भुपालको सेवा अवधि सकिएपछि शवको पोष्टमार्टम कस्ले गर्छ टुंगो छैन् । शव पोष्टमार्टम गर्न त्यती सहज पनि छैन् । पोष्टर्माटमकै रिपोर्टले अपराध अनुसन्धानमा समेत प्रभाव पार्ने भएकाले यो उत्तिकै संवेदनशिल र जोखिमपूर्ण पनि छ ।

 

सम्बन्धित समाचार