‘जस्का कारण पश्चिम नेपालमै प्राविधिक र स्वास्थ्य शिक्षाको ज्योति बल्यो’

नेपालगन्ज ५, असोज ।

सुदूरपश्चिमको पहाडी जिल्ला, त्यसमा पनि महिला भएर जन्मिएपछि पढ्नलेख्न कति सहज थियो होला आफै कल्पना गर्न सक्छौं ।  अझ ४० बर्ष अघिको अवस्था के थियो होला ? तर रेवती सिंह त्यही समाजमा हुर्केकी एक त्यस्ती चेली हुनुहुन्छ, जस्ले आफ्नो पढाइलेखाईलाई सहज तरिकाबाट अघि बढाउनु मात्र भएन् अरुलाई पनि शिक्षाको न्यानो ज्योति दिनुभयो ।

जीन्दगी पनि अचम्मको न आफुले सोचेजस्तो, न त चाहे जस्तो । शिक्षक बनेर बालबालिकालाई धेरै सिकाउने चाहना थियो । तर कालान्तरमा व्यवस्थापनको जिम्मेवारी पो वहन गर्नु पर्यो ।

‘सुदूरपश्चिममा मेरो पालामा पढन लेख्न सजिलो थिएन उहाँले भन्नुभयो–‘तर हजुरबुवा आफु पढेलेखेको नभए पनि नातिनीलाई पढाउनु पर्छ भन्ने मान्यता थियो त्यही मान्यताले मैले सहजै पढ्न पाए । ७ कक्षासम्म गाउँमै अध्ययन गर्नुभएकी रेवतीले त्यसपछिको अध्ययन भने कंचनपुरमा गर्नुभयो । ‘मेरै अध्ययनमा सहजता होस् भन्नका लागि परिवारनै बसाईसराई गरेर कंचनपुर आयो उहाँले भन्नुभयो–‘सुदूरको पहाडी जिल्लामा जन्मिएकी मलाई के नै थाहा थियो र ?’ २०५० सालमा एसएलसी पास गरेपछि चेतना वहुमुखि क्याम्पसमा अध्ययन सुरु भयो । उच्च शिक्षाको यात्रा आरम्भ भएसँगै उहाँको प्रेममय जीन्दगीको आरम्भ पनि भइसकेको थियो ।

संजय सिंह । खाइलाग्दा युवा । बोलि व्यवहार उस्तै राम्रो । तिनै युवालाई रेवतीले आफ्नो दिल सुम्पिसक्नुभएको थियो । ‘प्रेम विवाह नै हो उहाँले भन्नुभयो–‘५१ सालमा विवाह गर्यौं । ५२ सालमा छोरी जन्मिइ ।’ क्याम्पस पढ्न भर्खरै सुरु । त्यस्मा विवाह बन्धनको नयाँ यात्रा । अझ थपिएको नयाँ सन्तान । उहाँको काँधमा जिम्मेवारीको भारीले थिच्यो । ती दिन सम्झिदा रेवती भावुक हुनुभयो । जीन्दगीको अर्को नाम संघर्ष हो । ‘न त्यतीबेला श्रीमानको जागिर । न त म नै जागिरे थिए उहाँका आँखा रसाए थप्नुभयो–‘त्यही दुःख र संघर्षले यहाँसम्म ल्याएको हो झै लाग्छ ।’ छोरी जन्मिएकै बर्षदेखि उहाँले पढाउन थाल्नुभयो ।

जीन्दगीको अर्को नाम संघर्ष हो । ‘न त्यतीबेला श्रीमानको जागिर । न त म नै जागिरे थिए उहाँका आँखा रसाए थप्नुभयो–‘त्यही दुःख र संघर्षले यहाँसम्म ल्याएको हो झै लाग्छ ।’

काखि च्यापेर छोरी पढाउन जाने र आउनेक्रम सुरु भयो । उता अध्ययन पनि सँगसँगै अघि बढ्यो । संजय ल्यावटेक्निसियनका विद्यार्थी । क्रमस उहाँले पनि आफ्नो सीपको सदुपयोग गर्दै जानुभयो । २०५६ सालमा संजयले महेन्द्रनगरमा ल्याव असिस्टेन्ट र अनमीका लागि नयाँ कार्यक्रम ल्याउनुभयो । प्राविधिक शिक्षाको महत्व र आवश्यक्ता बुझेका संजयले २०६० सालमा नेपालगन्जमा प्राविधिक शिक्षालयको स्थापना गर्नुभयो । डिप्लोमा अध्ययन हुने कैलपाल एकेडेमी । त्यसपछि रेवती परिवारमा दुःखका दिन हराउँदै गए ।

‘भगवानले पनि आधा समय त जीन्दगीमा दुःख र पीडा नै दिँदा रहिछन् उहाँले भन्नुभयो–‘६० साल यतादेखि भने सुखयात्रा प्रारम्भ भयो ।’ उहाँका दुई छोरी छन् । एक छोरा । छेठी छोरीले एमविविएस पुरा गरिसकेकी छिन् । ‘श्रीमानले कैलपाल स्थापना गरेसँगै म पनि नेपालगन्ज आए उहाँले भन्नुभयो–‘करिव १० बर्ष पढाएपछि अहिले म्यानेजमेन्ट हेर्दै आएको छु ।’ पोल्टिकल साइन्समा ब्याचलर गरेकी रेवतीलाई स्वास्थ्य शिक्षाप्रतिको मोह चाही कसरी आयो ? ‘हेर्नुहोस् विहेपछि हाम्रो घरमा पनि यही बिषयमा कुरा हुन्थ्यो अवको शिक्षा भनेको प्राविधिक शिक्षा नै हो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘पढिलेखी सकेपछि हामीले प्राप्त गर्ने सर्टिफिकेट विक्नुपर्छ । प्राविधिक शिक्षामा त्यो सम्भावना छ ।’


श्रीमानकै कारण यहाँसम्म आए तर यसमा आफ्नो चाहना, लगनशीलता, इमान्दारिता र मेहनत पनि जोडिएको उहाँको भनाइ छ । अवसर, आत्मविश्वास, लगनशीलता र इमान्दारिता हुने हो भने महिलाले पनि हरेक क्षेत्रमा लिड गर्न सक्ने उहाँको अनुभव छ ।

तर रेवतीको चाहाना चाही शिक्षक बन्ने नै थियो । तर समयसँगै चाहनालाई पनि बदल्नु पर्दो रहेछ उहाँले भन्नुभयो । जीन्दगी पनि अचम्मको न आफुले सोचेजस्तो, न त चाहे जस्तो । शिक्षक बनेर बालबालिकालाई धेरै सिकाउने चाहना थियो । तर कालान्तरमा व्यवस्थापनको जिम्मेवारी पो वहन गर्नु पर्यो । १० बर्ष शिक्षक बनेर भूमिका निभाउँदा आत्मसन्तुष्टि मिल्यो की अहिले व्यवस्थापनको भूमिका निभाउँदा आनन्द ? रेवती भन्नुहुन्छ–‘मलाई दुवैमा उस्तै सन्तुष्टि मिलेको छ ।’ उहाँले आफ्नो काम र जिम्मेवारीमा रमाउन सक्नुपर्ने धारणा राख्नुहुन्छ ।

श्रीमान नै प्राविधिक बिषयको विद्यार्थी भएकाले पनि उहाँलाई प्राविधिक शिक्षाको महत्व, आवश्यकता र यसको प्रतिफलले सहजै आकर्षित गर्यो । किनकी संजयले यहाँ अध्ययन गर्ने अवसर नपाएर इन्डियाबाट ल्यावटेक्निसियन गरेर आउनुभएको थियो । २०३१ साल माघ २२ गते डडेल्धुराको साविक भद्रपुर गाविस–९ बल्लिक हाल अजयमेरु गाउँपालिकामा जन्मनु भएकी रेवती पश्चिममा स्वास्थ्य शिक्षाको अग्रनिय कैलपाल हस्पिटल एण्ड कलेजको कमाण्ड सम्हाल्दै आउनुभएको छ । उहाँहरुको नेतृत्वमा बाँकेमा पाँचवटा कलेज छन् । नेपालगन्जमा चार र कोहलपुरमा एक । ‘स्वास्थ्य शिक्षा भनेको जागिर र कमाउनका लागिमात्र पनि होइन् एउटा परिवारलाई स्वस्थ राख्नका लागि पनि हो उहाँले भन्नुभयो–‘घरमा स्वास्थ्य शिक्षाबारे जानकार व्यक्ति छ भने उस्ले आफ्नो परिवारलाई सधैं स्वस्थ राख्न प्रेरित गर्छ ।’

‘स्वास्थ्य शिक्षा भनेको जागिर र कमाउनका लागिमात्र पनि होइन् एउटा परिवारलाई स्वस्थ राख्नका लागि पनि हो उहाँले भन्नुभयो–‘घरमा स्वास्थ्य शिक्षाबारे जानकार व्यक्ति छ भने उस्ले आफ्नो परिवारलाई सधैं स्वस्थ राख्न प्रेरित गर्छ ।’

स्वास्थ्य शिक्षाका दृष्टिकोण नेपालगन्ज हव हो । यही हवमा स्थापना भएका यी कलेजहरुले प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशका सयौं विद्यार्थीलाई प्राविधिक शिक्षाको ज्योति दिएको छ । अव त नाम पनि चल्यो दाम पनि राम्रै छ चाहना के छ ? स्वास्थ्य पेजको प्रश्नमा रेवती मुसुक्क मुस्कुराउनुभयो । भन्नुभयो–‘अव समाजसेवा ।’ लाइन्स क्लवमा आवद्ध भएर उहाँले मानविय सेवामा आफुलाई सम्पर्ति गरिसक्नुभएको छ । आफैले ७ कक्षासम्म अध्ययन गरेको विद्यालयमा ५ लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । बर्सेनि त्यहाँका गरिव तथा विपन्न समुदायका बालबालिकालाई आफै पुगेर छात्रावृत्ति वितरण गर्नेदेखि शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको उहाँको भनाइ छ । तर यसपाली कोरोना भाइरस संक्रमणका कारण त्यहाँ जान पाउनुभएको छैन् ।

श्रीमानकै कारण यहाँ सम्म आएजस्तो लाग्छ की आफ्ना कारण ? यसमा रेवती दुवैको कारण देख्नुहुन्छ । श्रीमानकै कारण यहाँसम्म आए तर यसमा आफ्नो चाहना, लगनशीलता, इमान्दारिता र मेहनत पनि जोडिएको उहाँको भनाइ छ । अवसर, आत्मविश्वास, लगनशीलता र इमान्दारिता हुने हो भने महिलाले पनि हरेक क्षेत्रमा लिड गर्न सक्ने उहाँको अनुभव छ ।

सम्बन्धित समाचार