नेपालगन्जमा सुविधा सम्पन्न युरो अस्पताल

नेपालगन्ज ३१, भदौ ।
सानैदेखिको रहर वा चाहनालाई जीन्दगीको बास्तविकतामा उतार्नेहरु सायदै हुन्छन् । भनिन्छ रहरलाई जस्ले बास्तविक जीन्दगीमा उतार्न सक्छ उस्लाई सफलताको शिखर चुम्न धेरै संघर्ष गरिरहनु पर्दैन पनि । हो, डा.दिपेश गुप्तालाई पनि त्यो सानैदेखिको रहरलाई आफ्नो बास्तविक जीन्दगीमा रङ्ग भर्न धेरै संघर्ष गर्नु परेन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत युरोलोजिष्ट डा. गुप्ताले भन्नुभयो–‘सानैदेखि डाक्टर बन्ने नै चाहाना थियो र भए ।’

 

अभिभावकको चाहना एउटा, तर छोराछोरीको चाहाना अर्कै भइदिँदा धेरैले आफ्नो चाहनालाई बीचबाटोमै अलपत्र छाड्ने गरेका छन् । ‘मेरो परिवारको ‘व्यागग्राउण्ड’ राजनीति र पत्रकारितातर्फ थियो डा.गुप्ताले स्वास्थ्य पेजसँगको भलाकुसारीमा भन्नुभयो–‘बुवाका साथीहरु डाक्टरहरु भएकाले मेरो रहरलाई रङ्ग भर्न सहज ग¥यो ।’ प्रेस स्वतन्त्रता सेनानी पन्नालाल दिपेशका हजुरबुवा । जस्लाई पत्रकारहरुले आर्दश व्यक्तिकारुपमा लिने गर्छन् । विजय गुप्ता दिपेशका बुवा । राजनीतिज्ञदेखि बरिष्ठ अधिवक्ता समेत हुनुहुन्छ । साथीभाइको संगत डाक्टर नै भएपनि विजय गुप्ताले फरक बाटो रोज्नुभयो तर छोरा दिपेशले भने बुवाका साथीहरुको पेशा ।

भनिन्छ रहरलाई जस्ले बास्तविक जीन्दगीमा उतार्न सक्छ उस्लाई सफलताको शिखर चुम्न धेरै संघर्ष गरिरहनु पर्दैन पनि । हो, डा.दिपेश गुप्तालाई पनि त्यो सानैदेखिको रहरलाई आफ्नो बास्तविक जीन्दगीमा रङ्ग भर्न धेरै संघर्ष गर्नु परेन् ।

विजयको परिवार जागिरकै सिलसिलामा काठमाडौंमा बस्थ्यो । दिपेश पनि त्यतै जन्मनुभयो २०३५ साल कार्तिक २६ गते । तर दिपेशको बाल्यकाल भने आफ्नै नगरी नेपालगन्जमा वित्यो । रानीतलाउ प्रा.विमा १ देखि ५ र ६ देखि १० कक्षा महेन्द्र मा.विमा अध्ययन गरेका डा.दिपेशले २०५० सालमा सरकारी विद्यालयबाट एसएसलीमा जिल्ला टप गर्नुभयो । अस्कल क्याम्पस काठमाडौंबाट आइएसी उर्तिण गरेपछि उहाँले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट एमविविएस उर्तिण गर्नुभयो । एमएस र एमसीएच भने उहाँले टिचिङ हस्पिटल काठमाडौंबाट गर्नुभयो ।

‘बुवा राजनीतिज्ञ र अधिबक्ता भएपनि उहाँको संगत डा.सुरेश कुमार कनोडिया र एम किदवाईसँग बढी थियो युरोलोजिष्ट डा.दिपेशले भन्नुभयो–‘बुवाको चाहना पनि छोराले डाक्टर नै पढोस् भन्ने थियो र मेरो चाहना पनि डाक्टर नै पढ्ने सबै मिल्यो ।’ ६ बर्ष अघि नेपालगन्ज शिक्षण अस्पतालमा सेवा प्रवेश गर्दा डा.दिपेश एमसीएच गरेका एक्ला नेपाली चिकित्सक हुनुहुन्थ्यो । स्वास्थ्य पेजले प्रश्न ग¥यो युरोलोजी रोज्नुको कारण ? यो अलि एडभान्सजस्तै लाग्यो उहाँले थप्नुभयो–‘मेरो रुचि पनि एडभान्स टेक्नोलोजी प्रयोग गरेर विरामीको उपचार गर्ने थियो । त्यो प्रविधिको अधिकतम उपयोग गर्न युरोलोजी विभाग रोजे ।’

तपाईले कल्पना गरेको युरो अस्पताल कस्तो हो ? ‘सबै सुविधा होस् । भविष्यमा मृगौला प्रत्यारोपण समेत गर्न सकियोस् । विरामी अस्पताल पुगेपछि थप सेवाका लागि कतै जान नपरोस् ।’

पश्चिम नेपालकै अब्बल मुत्ररोग विशेषज्ञ डा.दिपेशले यसक्षेत्रका मात्र होइन् कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं विरामीलाई नेपालगन्जमा बसेर सेवा दिरहनुभएको छ । पछिल्लो समय पिसाव, पत्थरी, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको छ । त्यतीमात्र होइन् मृगौला प्रत्यारोपण गर्नै पर्ने समस्या भएका विरामी पनि अस्पताल आउने गरेका छन् । लेजर सर्जरीको अभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा त झन विरामीले सहजरुपमा युरोसँग सम्वन्धित उपचार नै पाउन सकिरहेका छैनन् । कारण बिशेषज्ञ चिकित्सक नै पर्याप्तता छैनन् ।

‘युरोका विरामीलाई एउटै छातामुनिबाट सेवा दिन आवश्यक देखिएको छ उहाँले भन्नुभयो–‘त्यस्को तयारीमा छु ।’ नेपालगन्जका स्थायीबासी समेत रहनुभएका डा.दिपेश युरो समस्याका विरामीलाई सकेसम्म छिटो, छरितो, सहज र सहि निदानका साथ उपचार गर्ने गरी सुविधा र प्रविधिमैत्री युरो अस्पताल स्थापनाको गर्ने योजनामा हुनुहुन्छ । तपाईले कल्पना गरेको युरो अस्पताल कस्तो हो ? ‘सबै सुविधा होस् । भविष्यमा मृगौला प्रत्यारोपण समेत गर्न सकियोस् । विरामी अस्पताल पुगेपछि थप सेवाका लागि कतै जान नपरोस् ।’

सम्बन्धित समाचार