हाम्रो बारेमा

दिर्घायु हाउस प्रा.लिद्धारा सन्चालित स्वास्थ्य पेज अनलाइन न्युज पोर्टल हो । युवा पत्रकार आवद्ध यो अनलाइनमा नाममा भनिए झै स्वास्थ्यसँग सम्वन्धित हरेक बिषयबस्तुलाई समेटिने छ । यसको आफ्नै फेसबुक ‘Swasthyapage स्वास्थ्य’ पेज पनि छ ।

स्वास्थ्य पेजको औचित्य

कोभिड–१९ महामारीको असहजताकाबीच हाम्रो आगमन भएको छ । संसारको रीत नै हो, अनुकूलता र प्रतिकूलता । सञ्चारक्षेत्र प्रतिकूलतामा अझ बढी प्रतिबद्ध हुनुपर्छ भन्ने लाग्छ । किनकी प्रतिकूलतामा सहि सूचनाले मात्र पनि अनुकूलताको बाटो देखाउँछ भन्ने आमविश्वास छ । स्वास्थ्य पेज आजदेखि डिजिटल दुनियाँबाट नेपालीहरुसँग जोडिएको छ । डिजिटल पत्रकारितामा नयाँ दृष्टिकोण र अनुभवसहितको स्वास्थ्य पेज अनलाइनले स्वास्थ्य क्षेत्रको एउटा विशेष खाँचो पूरा गर्नेछ भन्ने विश्वास हामीलाई लागेको छ । र, यो विश्वासप्रति खरोरुपमा उत्रने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।

स्वास्थ्य पेज आजदेखि डिजिटल दुनियाँबाट नेपालीहरुसँग जोडिएको छ । डिजिटल पत्रकारितामा नयाँ दृष्टिकोण र अनुभवसहितको स्वास्थ्य पेज अनलाइनले स्वास्थ्य क्षेत्रको एउटा विशेष खाँचो पूरा गर्नेछ भन्ने विश्वास हामीलाई लागेको छ ।

अहिले मुलक डिजिटल प्रविधिमा अभ्यासरत छ । नेपालको पत्रकारिताले पनि यसलाई पछ्याइरहेको छ । एउटा सञ्चारमाध्यमको सबैभन्दा ठूलो तागत भनेकै उसले पस्कने सामग्रीको गुणस्तर हो । च्याउ झै खुलेका अनलाइन पोर्टलहरुले दिने सूचनाको विश्वसनियतामा आमपाठकहरु ढुक्क छैनन् । यो सबैभन्दा ठूलो चुनौति छ । यो चुनौतिलाई विश्वासमा बदल्ने गरी हाम्रा सामग्री पाठकहरुमाझ पस्कने सवालमा हामी कहिँकतै डकमकाउने छैनौं ।

च्याउ झै खुलेका अनलाइन पोर्टलहरुले दिने सूचनाको विश्वसनियतामा आमपाठकहरु ढुक्क छैनन् । यो सबैभन्दा ठूलो चुनौति छ । यो चुनौतिलाई विश्वासमा बदल्ने गरी हाम्रा सामग्री पाठकहरुमाझ पस्कने सवालमा हामी कहिँकतै डकमकाउने छैनौं । त्यसैले भनेका छौं स्वास्थ्य पेज विश्वसनीयताको आधार लिएर आएको छ ।

त्यसैले भनेका छौं स्वास्थ्य पेज विश्वसनीयताको आधार लिएर आएको छ ।‘स्लोगन’मा भनिएको छ ‘सबैको लागि स्वास्थ्य’ । नेपालको संबिधानले नै स्वास्थ्यलाई मौलिक हकमा राखेको छ । तर, कैयौं नेपालीहरु उपचार अभावमै ज्यान गुमाउनु परेको छ । दूरदराजका नागरिकहरुले चिकित्सक त परै जावस सिटामोल समेत देख्न पाउँदैनन् । यो दायित्वबोध राज्य र यसका निकायहरुले गर्नुपर्छ ।

स्वास्थ्यका सवालमा अझै पनि नेपाली जनमानसमा भ्रम र अन्धविश्वास हट्न सकेको छैन् । एउटा व्यक्तिदेखि, परिवार, समाज र राज्यलाई नै स्वास्थ्यप्रति उत्तरदायी बनाउन जरुरी देखिन्छ । अझ भनौं उनीहरु सबैलाई स्वस्थ बनाउन आवश्यक छ । ‘सबैको लागि स्वास्थ्य’ स्लोगन यसैको प्रतिपादक हो भन्दा अतियुक्ती नहोला । हामीले स्वास्थ्य पेज अनलाइन पोर्टल अघि नै स्वास्थ्य पेज सुरु गरिसकेका छौं ।

उक्त पेजप्रति तपाईले देखाउनु भएको विश्वास, माया र आलोचनाले हामीलाई थप जिम्मेवार बनाएको छ । र, अन्तमा सत्य–निष्ठामा सदैभ उभिने प्रतिबद्धतासहित तपाईको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछौं । धन्यवाद ।