सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढ्यो

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०८२, बिहीबार

वीरेन्द्रनगरः सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा सरकारले मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको थियो । मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र गुरुयोजना तयार पारिएको छ ।

सरकारले २९ असार २०७९ मा गुरुयोजना स्वीकृत गरेको थियो । यसैगरी ७ मंसिर २०८० मा वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) स्वीकृत भएको थियो ।

‘इआईए र गुरुयोजना स्वीकृत भएको छ । यो वर्ष डिपीआर निर्माण गर्न लागिएको छ,’ सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका इन्जिनियर शंकर तिमल्सिनाले भने ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सामुदायिक वनमा सो कलेज निर्माण हुनेछ । मेडिकल कलेजको कुल लागत एक अर्ब ७० करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

  • २७ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech