भीम अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा अर्थोडेन्टीष्ट डा.वर्षा थापा नियुक्त

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०८२, बिहीबार

नेपालगन्जः लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभाग प्रमुख डा.वर्षा थापा भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएकी छन् ।

११ औं तहकी थापालाई लुम्बिनी प्रदेश सरकारले भीम अस्पतालको मेसुमा नियुक्त गरेको हो ।

डा.थापा वि.सं. २०७५ साउनमा ९ औं तहमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले वि.सं. २०७७ भदौंमा एघारौं तहमा नाम निकालेकी थिइन् ।

वि.सं. २०४० असारमा रुपन्देहीको सिद्धार्थनगरमा जन्मिएकी डा. थापाले भैरहवास्थित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट बिडिएस गरेकी हुन् ।

सन् २०१४ मा उनले चीनबाट अर्थोडेन्टीष्टमा माष्टर्स सकिन् । माष्टर्सपछि सकेर नेपाल फर्केपछि डा. वर्षाले खुल्लातर्फ लोक सेवा पास गरिन् । सुरुमा नवौं तहबाट सरकारी सेवामा अग्रसर भएकी उनी पछि ११ औं तहमा नाम निकालेकी हुन् ।

डा.थापा मेसुमा नियुक्त भएसँगै यसअघि मेसु रहेकी डा.शकुन्तला गुप्ताको लुम्बिनी प्रादेशिक अस्पतालमा काज फिर्ता भएको छ ।

  • २७ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech