अर्थका कर्मचारीका कारण सूर्तिजन्य पदार्थमा कर बढेनः स्वास्थ्य मन्त्री बस्नेत

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर नबढेको बताउनुभएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अर्थका कर्मचारीका कारण सुर्तीजन्य पदार्थको कर नबढेको बताउनुभएको हो ।

आफुले सुरुवातदेखि नै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने कुरा राख्दै आएको उहाँको दावी छ तर बजेट भाषणमा एकदमै कम कर बढेपछि अर्थमन्त्रीसँग कुरा गर्दा उहाँले कर्मचारी साथीहरूले अहिलेलाई यति गरौँ भन्नु भएकाले सोही अनुसार आएको जानकारी दिनुभएको उहाँको भनाइ छ

उहाँले सम्बन्धित व्यापारी र व्यवसायीको कुरा जोडिएकाले कर नबढेको समेत बताउनुभयो। कर नबढेको विषयमा आफूले क्याबिनेटमा समेत कुरा राखेको र यसलाई सच्याउन माग गरेको उहाँको भनाइ छ। मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थ विष जस्तै भएकाले आफू पनि नखान र अरूलाई पनि नखाने उत्प्रेरणा दिन समेत जोड दिनुभयो ।

 

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech