नेपालगन्जः सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताउनु भएको हो ।
सरकारले यसको उपयोगिता र अर्थतन्त्रमा दिनसक्ने सुधारबारे अध्ययन गर्ने र गाँजा खेतीका लागि सम्भाव्यता अध्ययनको विषय बजेटमा समावेश गरेको हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसदमा तालीले गुञ्जायमान भएको थियो ।
गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।