बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी काममा फर्किए

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७८, सोमबार

धरानः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् ।

प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा फकिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकाली कोरोना संक्रमणको समयमा विरामीलाई परेको मारलाई मध्यनजर गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियोे ।

मन्त्रालयले धेरै मागहरु सम्बोधन भईसकेको र केही मागहरु सम्वोधनका क्रममा रहेको भन्दै तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएर काममा फकिएका हुन् ।

प्रतिष्ठान सुधारको माग राख्दै चिकित्सक र कर्मचारीले उठाएका अधिकांश माग पूरा भएका र बाँकी माग छिट्टै पुरा गर्ने प्रतिबद्धता आएकाले सबै जना काममा फकिएको बीपी प्रतिष्ठान सुद्धिकरण अभियानका सहसंयोजक डा। विष्णु पोखरेलले जानकारी दिनुभयो । आन्दोलनरत चिकित्सकले पाँच दिनसम्म बिरामीलाई सडकमा नै उपचार गरेका थिए ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech