बढैयाताल र मैनापोखरमा सचेतनामुलक ¥यालीसहित मास्क वितरण

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०७८, बुधबार

नेपालगन्जः कोभिड–१९ रोकथामका लागि आज बर्दियाको बढैयाताल र मैनापोखरमा सचेतनामुलक ¥यालीसहित मास्क वितरण गरिएको छ । बढैयाताल युवा संजाल र बास बढैयाताल उपशाखाको आयोजना करीब ४ हजार मास्क वितरण गरिएको हो ।

संजालका अध्यक्ष शम्भु थारुको अध्यक्षतामा बढैयाताल गाउँपालिका वडा नं. ४ मा कार्यक्रम गरिएको थियो भने बास उपशाखाकी अध्यक्ष संजीता चौधरीको अध्यक्षतामा मैनापोखरमा ¥यालीसहित मास्क वितरण गरिएको छ ।

कार्यक्रममा बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले कोरोनाबाट बच्नका लागि मास्क लगाउनुनै उत्तम विकल्प भएको बताउनुभयो । यस्तै बढैयाताल उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष प्रेमराज त्रिपाठीइले प्रत्येक टोलमा प्रभावकारीरुपमा मास्क वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बढैयाताल बडघर संजालका अध्यक्ष पर्शुराम थारु, वडा नं. ४ का अध्यक्ष कर्ण बहादुर थापा, बास बाँसगढी उपशाखा अध्यक्ष राजसिँह चौधरी, मैनापोखरका समाजसेवी लल्लु थारुलगायत बुद्धजीवि, समाजसेवीहरुको सहभागिता थियो ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech