स्वास्थ्य बिमामा बीमितको संख्या ५९ लाख नाघ्यो

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८२, बुधबार

काठमाडौं- स्वास्थ्य बिमा बोर्डका अनुसार एक दशकमा स्वास्थ्य बिमामा आबद्ध हुने बीमितको संख्या ५९ लाख ७० हजार भन्दा बढी पुगेको छ । बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्लाका ७५० स्थानीय तहमा कार्यक्रम लागु भएको बताए ।

देशभर सेवा प्रदायक ५०५ स्वास्थ्य संस्थाहरू यसमा आबद्ध छन् । चालु आर्थिक वर्षमा हालसम्म १३ अर्ब भुक्तानी भइसकेको र आर्थिक वर्षको अन्त्यसम्म थप २५ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य बिमालाई थप व्यवस्थित र दिगो बनाउन सहकार्य अपरिहार्य रहेको बताए । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने उनको भनाइ छ ।

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech