घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८२, बुधबार

काठमाडाैँ – घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्ढीराज दाहालविरुद्ध मुद्दा दायर भएको छ ।

विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस लिएर लुकाएको सूचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध ९३ हजार ८५० रुपैयाँ माग दाबीसिहत विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech