सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८२, शुक्रबार

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर किशोरप्रसाद श्रेष्ठका अनुसार अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या दैनिक एक हजार ८०० सम्म पुगेको छ । प्रदूषणका बढेकाले अनावश्यक बाहिर ननिस्किन अस्पतालले अनुरोध गरेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार आकस्मिक कक्षमा बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

अस्पतलाको ओपिडी, डाइलासिस, बिमामा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सूचना अधिकारी श्रेष्ठले अझै बिरामीको सङ्ख्या बढ्न सक्ने बताए । यसका लागि आवश्यक व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन लागि परेको उनले बताए। सीमित स्रोतसाधनको बावजुत अस्पतालले गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

सेती प्रादेशिक अस्पतालमा कैलाली, कञ्चनपुरलगायत सुदूरका पहाडी जिल्लाबाट नागरिक उपचार गर्न आउने गरेका छन् ।

  • २९ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech