एचसीआरसी हस्पिटलको चिकित्सक टिमद्धारा बारबर्दियामा निःशुल्क विशेषज्ञ सेवा प्रदान

    • स्वास्थ्य पेज

  • २५ पुष २०८२, शुक्रबार

नेपालगन्जः बर्दियाको बारबर्दिया नगर अस्पताल आज निः शुल्क स्वास्थ्य चेकजाँच शिविर गरिएको छ । एचसीआरसी अस्पताल नेपालगन्जबाट गएको विशषेज्ञ चिकित्सकको टिमले शिविरमा आएका बिरामीहरुलाई उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । त्यसअवसरमा दुई सय भन्दा बढी बिरामीले सेवा लिएका थिए ।

निसन्तान तथा बाजोपन विशेषज्ञ डा.मञ्जु बिसी शाह, छाला तथा यौन रोग विशेषज्ञ डा आर के झा, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा उपेन्द्र यादव, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा विकास शाहले बिरामीको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको एचसीआरसी अस्पतालबाट मार्केटिङ विभाग प्रमुख पवन मल्लले जानकारी दिए ।

बारबर्दिया नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज पौडेलले स्थानीयलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले शिविर गरिएको बताए । शिविरमा बारबर्दिया नगर अस्पताल स्वास्थ्य प्रमुख गोविन्द पौडेल, एचसीआरसी अस्पतालका बिएन नर्स यशोदा चन्द लगायतको पनि उपस्थिति रहेको थियो ।

  • २५ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech