नेपालगन्जमा पेट तथा कलेजोरोग सम्बन्धी नि:शुल्क परामर्श तथा उपचार सेवा

उपचार तथा परामर्श सेवा पूर्णतः निशुल्क हुनेछ भने आवश्यक औषधि तथा प्रयोगशाला परीक्षण भने सशुल्क रहनेछन् ।


    • स्वास्थ्य पेज

  • १८ पुष २०८२, शुक्रबार

नेपालगन्ज: नेपालगन्ज स्थित ग्रीनसिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा भोली शनिबार पेट तथा कलेजोरोग सम्बन्धी नि:शुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिने भएको छ ।

काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ डा. शेखर पौडेलले उक्त अवसरमा बिरामीहरूलाई नि:शुल्क परामर्श तथा उपचार सेवा प्रदान गर्ने ग्रीनसिटी फार्मेसीका सञ्चालक फर्मासिस्ट लक्ष्मीनारायण न्यौपानेले जानकारी दिए ।

डा. पौडेलको उपस्थितिमा पेट तथा कलेजोसँग सम्बन्धित विभिन्न समस्याहरूको उपचार तथा परामर्श प्रदान गरिनेछ । पेट दुख्ने, जन्डिस (छाला वा आँखा पहेँलो हुनु), थकान, सुस्ती, पेट फुल्ने, बारम्बार वान्ता हुने, खानामा रुचि कम हुनेजस्ता समस्या भएका बिरामीले सेवा लिन सक्नेछन् । यसैगरी अपच, अम्लता, ग्यास, वान्ता भइरहने, पेट भारी हुने तथा खाना पचाउन गाह्रो हुने समस्या भएका बिरामीहरूका लागि पनि परामर्श उपलब्ध हुनेछ।

पछिल्लो समय पेट तथा कलेजोसम्बन्धी समस्या भएका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै न्यौपानेले यसको प्रमुख कारण अस्वस्थ जीवनशैली रहेको बताए। बिरामीहरूमा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले चिकित्सक–बिरामी भेटघाटसहित निशुल्क उपचार तथा परामर्श सेवा आयोजना गरिएको उनले जानकारी दिए।

उनका अनुसार उपचार तथा परामर्श सेवा पूर्णतः निशुल्क हुनेछ भने आवश्यक औषधि तथा प्रयोगशाला परीक्षण भने सशुल्क रहनेछन् ।

  • १८ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech