कोइला बाल्दा निस्किएको धुवाँका कारण शिशुको मृत्यु, तीन जना वेहोस

    • स्वास्थ्य पेज

  • १७ पुष २०८२, बिहीबार

नेपालगन्जः सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा शिशुको मृत्यु भएको छ । परिवारका अन्य तीन जना बेहोस भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएको धुवाँका कारण ३८ दिनको शिशुको मृत्यु भएको हो ।

भेरीगंगा नगरपालिका २ का स्थायी बासिन्दा तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन्। बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए।

तीमध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो। बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुको अवस्था स्थिर रहेको अस्पतालका निर्देशक डा.गणेश थापाले जानकारी दिए । बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

 

  • १७ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech