कैलालीः गेटा अस्पतालमा दुरबीन पद्धतिबाट शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डा प्रमोद कुमार यादव सहितको टोलीले ४५ वर्षीया महिलाको शल्यक्रिया गर्दै सेवा सुरु गरेको हो।
डा यादव नेतृत्वको टोलीको डडेल्धुराको अमरगढी नगरपालिकाकी कमला दमाईको पित्तशैलीको सफल शल्यक्रिया गरेको छ। श्रीमान र छोराछोरीसँग बस्दै आएकी उनी लामो समयदेखि पित्तथैलीको पत्थरीबाट पीडित थिइन्।
शल्यक्रिया गर्ने टोलीमा यादव सहित सर्जन डा विजय भट्ट, एनेस्थेसियोलोजिस्ट डा रोजी जोशी, एनेस्थेसिया निरीक्षक भोजराज पाण्डे, नर्सहरु रेबिका विष्ट र आरती भण्डारी लगायत थिए।








