नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा कुन्जाङ शेर्पा विजयी

    • स्वास्थ्य पेज

  • १६ पुष २०८२, बुधबार

नेपालगन्जः नेपाल मेडिकल काउन्सिलको सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा डा कुन्जाङ शेर्पा विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पा ५२३४ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साहले ४३५० मत ल्याएका छन्।

यसैगरी सदस्यहरुमा डा छविलाल पन्थी, डा सारिका गोइत, डा दिपेन्द्र पाण्डे, डा योविन यादव, डा अस्मिता पोख्रेल, डा सम्राट पराजुली, डा रविन बस्नेत र डा नीना राईले जित हासिल गरेका छन्। काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो।

  • १६ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech