काठमाडौंः डा. रुद्र मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेनमा नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री डा.सुधा गौतम शर्माले मन्त्रिस्तरीय निर्णय गर्दै ११ औँ तहका वरिष्ठ चिकित्सक डा. रुद्र मरासिनीलाई सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेनमा नियुक्त गरेकी हुन्।
मन्त्री शर्माले ट्रमा सेन्टरमा वरिष्ठताका आधारमा डा मरासिनीलाई प्रमुखको जिम्मेवारी दिएकी हुन्।
यसअघि त्यहाँका प्रमुख मेडिकल सुपरीटेण्डेन डा बद्रि रिजाल थिए। उनले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा उम्मेद्धार बनेपछि राजीनामा दिएका थिए।
डा बद्रीले राजीनामा दिएपछि वरिष्ठताका आधारमा चिकित्सक डा मारसिनीले निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए।
मन्त्री शर्माले निमित्त प्रमुख रहेका मरासिनीलाई नै प्रमुख मेसुको जिम्मेवारी दिएकी हुन्।








