काठमाडौंः नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा उपाध्यक्षमा डा. गुरुशरण साह २१३ मत ल्याएर अगाडि देखिएका छन् । त्यसैगरी डा. कुञ्जाङ शर्पाले १३१ र डा. अजय सिंह थापाले ३५ मत प्राप्त गरेका छन् ।
सदस्यमा डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन् । सदस्य पदका ३३ उम्मेदवारमध्ये डा. सारिका गोइतले २२९ मतसहित अगाडि छिन् ।यो संख्या अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा बढी देखिन्छ ।
डा. योविन कुमार यादवले १९१, डा. छबी लाल पन्थी १५२, डा. सरोज कुमार साह १४७, डा. दिपेन्द्र पाण्डे ११४, डा. उज्वल ठाकुर ११०, डा. सम्राट पराजुली १०५, डा. सरोज कुमार गोहीवार १०४, डा. घनश्याम पाण्डे १०२, डा. अस्मिता पोखरेलले ९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी डा. प्राची भगत ९५, डा. रबिन बस्नेत ९१, डा. ध्रुव नारायण साह ८८, डा. बुद्धिनाथ शाह ७१, डा. कुम्भराज जोशी ७१, डा. निना राई ५६, डा. प्रताप कुमार रोय ५७, डा. प्रमोद कुमार साह ५१, डा. दिपेश पौडेल ४९, डा. निशान भुर्तेल ४७, डा. सरस्वती भट्टराई ४४, डा. राम थापा क्षेत्री ४२, डा. बुद्धि प्रसाद भण्डारी ४०, डा. दिक्षान्त आचार्य ४०, डा. दिनेश कुमार बी. के. ३८, डा. विजय विक्रम बम ३६, डा. कुन्दन शेखर शर्मा ३६, डा. अरुण कुमार महत ३१, डा. बुद्धि मान तामाङ ३१, डा. हरि प्रसाद रिजाल २६, डा. उत्तम कुमार गौतम २२, डा. दिनेश दर्नाल २० र डा. प्रकाश सिंह १८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो । काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।








