कोहलपुर- बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको १५ शैयाको महिला डेडिकेटेड एच एण्ड एच हस्पिटल स्थानीय महिलाको स्वास्थ्य उपचारका लागि भरोसाको केन्द्र बन्दै गएको छ । यस क्षेत्रकै चर्चित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा सञ्चालनमा रहेको अस्पतालले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालले महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्याको उपचार तथा परामर्शसँगै सुरक्षित प्रसूति सेवा, गर्भावस्थाको नियमित जाँच, स्त्रीरोग उपचार, परिवार नियोजन तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । महिला डेडिकेटेड अस्पताल भए पनि यहाँ बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको अस्पताल प्रशासनले जनाएको छ । एच एण्ड एच हस्पिटलमा प्रसूति तथा स्त्रीरोग सेवाका अतिरिक्त मेडिसिन, सर्जरी, हाडजोर्नी, बालरोग तथा मानसिक रोग विशेषज्ञ सेवा समेत नियमित रूपमा सञ्चालनमा छन् ।

एच एण्ड एच हस्पिटल
एकै स्थानबाट विभिन्न विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि बिरामीलाई अन्यत्र धाउनुपर्ने बाध्यता कम भएको छ । २४ घण्टा आपत्कालीन तथा नियमित सेवा प्रवाहको व्यवस्थाले कोहलपुरसहित आसपासका ग्रामीण तथा शहरी क्षेत्रका नागरिकलाई ठूलो राहत मिलेको छ । विशेषगरी राति वा आकस्मिक अवस्थामा पनि सेवा पाइने भएकाले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच उल्लेखनीय रूपमा बढेको अस्पतालको विश्वास छ ।
महिला स्वास्थ्यलाई केन्द्रमा राख्दै सेवा विस्तार गरिरहेको एच एण्ड एच हस्पिटलले आगामी दिनमा अझ आधुनिक प्रविधि भित्र्याउँदै सेवा दायरा थप विस्तार गर्ने तयारी समेत गरेको जनाएको छ । स्थानीयस्तरमै गुणस्तरीय, सुरक्षित र भरोसायोग्य उपचार सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल निरन्तर अगाडि बढिरहेको छ ।









