एनएमए निर्वाचनः `टिम मंगल´ले सार्वजनिक गर्‍यो परिवर्तनका ४ एजेन्डा र प्रतिबद्धताका ४ आधारस्तम्भ

कार्यकालभर कुनैपनि सार्वजनिक पद वा राजनीतिक नियुक्ति स्वीकार नगरिने


    • स्वास्थ्य पेज

  • १३ पुष २०८२, आईतवार

काठमाडौंः नेपाल मेडिकल एसोसिएसन (एनएमए) का लागि डा. मंगल रावलको टिमले परिवर्तनका ४ एजेन्डा र प्रतिबद्धताका ४ आधारस्तम्भ सार्वजनिक गरेको छ।

काठमाडौंमा एक कार्यक्रम गरी ‘स्ट्रङ्गर टुगदर’ नारासहित औपचारिक रुपमा प्रतिबद्धता, एजेन्डा र टिम सार्वजनिक गरेको हो।

‘टिम मंगल’ले एनएमएलाई पेशागत, सहभागितामूलक, सेवामूलक र पारदर्शी संस्थाका रूपमा पुनःस्थापित गर्दै सबै चिकित्सकको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

उक्त टिममा डा.मंगल रावल अध्यक्ष, डा. कृतिपाल सुवेदी वरिष्ठ उपाध्यक्ष, डा. कालु सिंह खत्री महासचिवका उम्मदेवार छन्।

उपाध्यक्ष (प्रदेश संयोजकहरू)का उम्मेदवारमा डा.टंक प्रसाद बराकोटी कोशी, डा.उदय नारायण सिंह मधेश, डा.अरुण शाही बागमती, डा.यज्ञराज सिग्देल गण्डकी, डा.सन्तोष पोखरेल लुम्बिनी, डा.रबिन खड्का कर्णाली र डा.निरज आर्याल सुदूरपश्चिम रहेका छन्।

अन्य पदाधिकाराका उम्मेदवारमा डा.राम जिवन प्रसाद सह–महासचिव, डा.चाँदनी जैसवाल कोषाध्यक्ष, डा.सुवास गुरुङ सह–कोषाध्यक्ष रहेका छन्।

सदस्यहरूमा डा.अमित झा, डा.अरुण उप्रेती, डा.दीक्षा बोहोरा, डा निराजन तामाङ, डा पल्पसा श्रेष्ठ, डा जेबाना अन्सारी उम्मेदवार छन्।

टिम मङ्गलका प्रतिबद्धताका ४ आधारस्तम्भ
(4 Pillars of Commitment – Team Mangal)
एनएम मा निर्वाचित भइसकेपछि टिम मङ्गलका प्रत्येक सदस्यले निम्न प्रतिबद्धता कडाइका साथ पालना गर्नेछन्।

१) पेशागत एनएमए (Professional NMA)
• टिमका सदस्यहरू कुनै पनि राजनीतिक दलमा आबद्ध हुने छैनन्।
• कुनै पनि प्रकारका राजनीतिक गतिविधिमा संलग्न हुने छैनन्।
• शुद्ध, स्वतन्त्र र मर्यादित चिकित्सकीय पेशागत क्रियाकलापमा मात्र सक्रिय रहनेछन्।

२) सहभागीतामूलक एनएमए (Participative NMA)
• एनएमएका महत्वपूर्ण निर्णयहरू सदस्यहरूको सहभागितामा एप-आधारित ब्यालोटिङ (मतदान) मार्फत गरिनेछ।
• कुनै पनि स्वार्थ समूह, दबाब वा प्रभावलाई खुला रूपमा अस्वीकार गरिनेछ।
• निर्णय प्रक्रिया समावेशी, लोकतान्त्रिक र सदस्य–केन्द्रित बनाइनेछ।

३) सेवामूलक एनएमए (Serving NMA)
• चिकित्सकीय पेसा, पेशागत गरिमा र चिकित्सकको हितविपरीतका गतिविधिमा संलग्न हुने छैनन्।
• कार्यकालभर कुनैपनि सार्वजनिक पद वा राजनीतिक नियुक्ति स्वीकार गरिने छैन।
• तालिम, अध्यापन तथा शैक्षिक गतिविधिका लागि संघको जिम्मेवारी र कर्तव्य परित्याग गरिने छैन।

४) पारदर्शी एनएमए (Transparent NMA)
• प्रत्येक एक महिनामा संघका गतिविधि र कामको विवरण सार्वजनिक गरिनेछ।
• प्रत्येक तीन महिनामा संघको आम्दानी र खर्चको पूर्ण विवरण सार्वजनिक गरिनेछ।
• आर्थिक तथा प्रशासनिक पारदर्शितालाई संस्थागत रूपमा सुनिश्चित गरिनेछ।

टिम मङ्गल : स्ट्रङ्गर टुगेदर –परिवर्तनका लागि एजेन्डा

१ सबैका लागि एनएमए (NMA for Everyone)

• निर्वाचन उम्मेदवारीका लागि लागू गरिएको ४ वर्षे र ७ वर्षे अयोग्यता प्रावधान हटाइनेछ।
• अनलाइन मतदान प्रणाली लागू गर्दै NMA लाई पूर्ण रूपमा डिजिटाइज गरिनेछ।
• आवासीय चिकित्सक (Residents) र मेडिकल अधिकृतहरूको NMA मा प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
• NMA समिति जिल्लास्तरसम्म विस्तार गरिनेछ।

२ चिकित्सक सेवा ऐन (Doctor’s Act):

हाम्रा समस्याको समग्र समाधान
• कानुनी संयन्त्रमार्फत चिकित्सकका लागि आवश्यक सेवा–सुविधा, सुरक्षा र लाभका योजनाहरू सुनिश्चित गरिनेछ।
• सरकारबाट कुनै पनि बहाना वा ढिलाइ बिना चिकित्सक सेवा तुरुन्त लागू गराउन संघले केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय पहल गर्नेछ।

३ विस्तारित एनएमए (Expanded NMA)
• एकीकृत डिजिटल प्लेटफर्म मार्फत NMA का सेवा विस्तार गरिनेछ।
o NMA Job Connect सेवा
o पेशागत मुद्दामा NMA कानुनी सहायता सेवा
o चिकित्सा जर्नल र अनुसन्धान गतिविधिको सुदृढीकरण

४ नीतिगत पैरवी (Policy Advocacy)
• बाराकोटी प्रतिवेदन (Barakoti Report) को सिफारिस जिल्लास्तरसम्म तत्काल कार्यान्वयन गरिनेछ।
• चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता अदालत (Consumer Court) लगायतमा कानुनी संरचनामा आवश्यक संशोधनका लागि पहल गरिनेछ।
• सम्पूर्ण स्वास्थ्य क्षेत्रका नियुक्तिहरूमा योग्यतामा आधारित, राजनीतिक हस्तक्षेपविहीन (apolitical) नियुक्ति सुनिश्चित गरिनेछ।

  • १३ पुष २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech