काठमाडौंः नेपाल मेडिकल काउन्सिलको मत गणना भोलि आइतवार विहानदेखि सुरु गरिने भएको छ ।
निर्वाचनमा कुल ११ हजार ९ सय २२ मत खसेको थियो। काठमाडौं उपत्यकामा ५ हजार ७६ र बाहिर ६ हजार ८४६ मत खसेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए।
एक उपाध्यक्ष र ८ सदस्यका लागि काठमाडौं बाहिर पुस ४ र ५ र काठमाडौंमा पुस ११ र १२ गते निर्वाचन भएको थियो।
एक उपाध्यक्षका लागि ३ र ८ सदस्यका लागि ३३ जना उम्मेदवार छन्। काउन्सिलको निर्वाचनका लागि देशभर २१ मतदान केन्द्र तोकिएको थियो।








