नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित

    • स्वास्थ्य पेज

  • ११ पुष २०८२, शुक्रबार

नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघको ८ औं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा दिपकराज भट्टसहित बाँकेका दुई जना केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन् ।

बुटवलमा बिहीबार सम्पन्न नेपाल स्वास्थ्यकर्मी संघको ८ औं महाधिवेशनमा सबै निर्विरोध निर्वाचित भएको नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतका अनुसार बाँकेबाट उपमहासचिवमा एक, सचिवमा एक र केन्द्रीय सदस्यमा ४ जना निर्वाचित हुँदा बर्दियाबाट उपाध्यक्षमा एक जना निर्वाचित भएका हुन् ।

बाँकेबाट उपमहासचिवमा निर्वाचित हुनेमा अनिल सेन ठकुरी, सचिवमा गोरखनाथ योगी रहेका छन् भने केन्द्रीय सदस्यहरुमा होमनाथ सुवेदी ,सीताराम चौधरी, लोकप्रकाश रोकाय र गजेन्द्र शाही निर्वाचित भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा निर्वाचित हुने बर्दियाका हरिहर तिवारी रहेका छन् ।

  • ११ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech