एचसीआरसी अस्पतालद्धारा बासगढीमा निःशुल्क विशेषज्ञ सेवा प्रदान

    • स्वास्थ्य पेज

  • ११ पुष २०८२, शुक्रबार

नेपालगन्जः बर्दियाको बाँसगढी नगर अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ । नेपालगन्जस्थित एचसीआरसी अस्पातलका विशेषज्ञ चिकित्सकको टोलीले अस्पतालमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

निःसन्तान तथा बाझोपन विशेषज्ञ डाक्टर मञ्जु बिसी शाह, नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर अनुष्का त्रिपाठी, हार्ड जोडर्नी तथा नसारोग विशेषज्ञ डा.विकास शाह लगायतका चिकित्सकले विशेषज्ञ सेवा प्रदान गरेको एचसीआरसी अस्पतालका मार्केटिङ विभाग प्रमुख पवन मल्लले जानकारी दिए ।

त्यसक्रममा १०४ जना हाडजोर्नी तथा नसा सम्वन्धी बिरामी, २० जना निः सन्तान तथा बाजोपन समस्या भएका बिरामी र १४ जना नवजात शिशुले उपचार तथा परामर्श सेवा लिएका थिए ।

एचसीआरसी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थासँगको सहकार्यमा बाँके र बर्दिया जिल्लामा निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

  • ११ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech