काठमाडौंः नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचन नजिकिएसँगै चिकित्सकहरुलाई चुनावी रौनक छाएको छ । आसन्न निर्वाचनका लागि डा.बद्री रिजाल र डा.मंगल रावलले टिम नै बनाएर चुनावी अभियानमा होम्मिएका छन् । विहीबारमात्रै काठमाडौंमा डा.बद्री रिजालले आफ्नो टिम घोषणा गरे ।
‘पेशागत मर्यादा र अटुट एकताः सबल एशोसिएसनका लागि टिम बद्रीको प्रतिवद्धता’ भन्ने नारासहित डा. रिजालले पत्रकार सम्मेलनका माध्यमबाट टिम सार्वजनिक गरेका हुन् । उनले टिमसँगै ६ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् । डा.बद्रीको टिममा वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा डा.सन्जीव तिवारी र महासचिवको उम्मेदवारमा डा.विश्वराज दवाडी रहेका छन् ।

डा.बद्री रिजालको टिम
यस्तै, कोशी प्रदेशको उपाध्यक्षमा डा.रोशन खड्का, मधेश प्रदेशको उपाध्यक्षमा डा. अमितरन्जन मिश्र, गण्डकीको उपाध्यक्षमा डा. नवराज लम्दारी, लुम्बिनीको उपाध्यक्षमा डा. नन्दा गुरुङ र सुदूरपश्चिमको उपाध्यक्षमा डा. प्रमोद जोशीलाई उम्मेदवार बनेका छन् ।
यसैगरी, कोषाध्यक्षमा डा.संयुक्त आचार्य, उपसचिवमा डा.हुलास अग्रवाल र सह-कोषाध्यक्षमा डा.तेजशु सिंह मल्ल उम्मेदवार रहेका छन् । डा. रिजालको टिमबाट डा.सुमेध मिश्र, डा.परशुराम घिमिरे, डा.राकेश साह, डा. विना श्रेष्ठ, डा.हिमलाल भण्डारी र डा.सुस्मित काफ्ले सदस्यका उम्मेदवार छन् ।
यस्तो छ टिम बद्रीको प्रतिबद्धता
१- चिकित्सकको दरबन्दी, पारिश्रमिक तथा सेवा सुविधा
नयाँ दरबन्दी, न्यायोचित तलबस् टिम बद्रीको संकल्प
स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका चिकित्सकहरूको आर्थिक सुरक्षा, वृत्तिविकास र पेशागत मर्यादा टिम बद्रीको पहिलो प्राथमिकता हो। जनसंख्याको अनुपातमा निकै कम दरबन्दीका कारण सिर्जित कार्यबोझ र न्यून पारिश्रमिकले चिकित्सकहरूमा उत्पन्न निराशालाई चिर्न हामी स्पष्ट कार्ययोजनासहित आएका छौँ। सरकारी सेवामा नयाँ दरबन्दी सिर्जना गर्नेदेखि निजी क्षेत्रमा कार्यरत चिकित्सकहरूको न्यूनतम तलबमान निर्धारण गर्नेसम्मका ठोस मुद्दाहरूलाई हामीले उठाउने छौं। नीति-निर्माण तहमा सशक्त दबाब सिर्जना गरी चिकित्सकहरूको श्रमको उचित मूल्य र सम्मान सुनिश्चित गर्न हामी निरन्तर लागिरहने छौं।
-हाम्रो पहलमा अगाडि बढेको पहिलो वर्षमा २१ सय र त्यसपछि क्रमशस् पाँच वर्षमा १० हजार भन्दा बढी जनशक्ति (दरबन्दी)थप गर्ने फाइललाई टुंगोमा पुर्याउन अर्थ मन्त्रालय, योजना आयोगदेखि प्रधानमन्त्री कार्यालय लगायतका निकायमा दबाब बढाउने।
-स्वास्थ्य बीमा बोर्डमा सशक्त र बलियो बनाउन तत्कालै २ सय भन्दा बढी जनशक्ति थप गर्न पहल गर्ने।
– समयानुकुल दरबन्दी कायम गर्न संघीय सरकारलाई मात्र नभइ प्रदेश सरकारलाई पनि सशक्त दबाब दिने।
– स्थानीय र प्रदेशमा समायोजन भएर गएका विशेषज्ञ चिकित्सकलाई विशेषज्ञता अनुसार संघमा समायोजन गर्न कानुनी व्यवस्थाका लागि पहल गर्ने।
-करार र ज्यालादारी सेवामा रहेका चिकित्सकहरुको हकहित र वृत्तिविकासका लागि सरकारसँग पहल गर्ने।
– चिकित्सकहरूको योग्यता तह, अनुभव र कार्यविभाजनका आधारमा वैज्ञानिक तलबमान तय गर्न सरकारलाई दबाब दिने।
– चिकित्सकहरुलाई Performance Based Intensive दिनका लागि डा लोचन कार्की नेतृत्वको समितिले स्वास्थ्य मन्त्रालयमा बुझाएको प्रतिवेदन र अन्य समितिहरुको प्रतिवेदन लागू गर्न पहल गर्ने।
– निजी क्षेत्र तर्फ अफिन, मेडिकल कलेजहरुको एसोसिएसन र स्वास्थ्यका विभिन्न पेशागत संगठनहरुसँग सहकार्य गरेर दरबन्दी, सेवा सुविधा बढाउन पहल गर्ने।
-कुनै पनि स्वास्थ्य संस्थामा लामो समयदेखि कार्यरत चिकित्सकहरुको वृत्तिविकास एवं आर्थिक स्थायीत्वका लागि थप कार्यक्रमहरुका लागि पहल गर्ने।
-दुर्गम भत्ता, अनुसन्धान भत्ता, जोखिम भत्ता नन् प्राक्टिस भत्तालाई समयानुकुल बनाउँदै बढाउन पहल गर्ने।
-निजी मेडिकल कलेजहरूमा कार्यरत फ्याकल्टीको न्यूनतम तलब एवं भत्ता सरकारी प्रतिष्ठान तथा मेडिकल कलेज सरह कायम गर्नका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतका सरोकारवाला निकायसँग समन्वय गर्दै कार्यान्वयनमा ल्याउन दबाब दिने।
-अस्पताल विकास समिति अन्तर्गत नयाँ नियुक्ति प्रदान गर्दा चिकित्सकको शैक्षिक योग्यता अनुसार स्नातकोत्तर तह उत्तीर्ण गरेका चिकित्सकहरूलाई नवौं तह सरह गर्ने व्यवस्था लागू गर्न दबाब दिने।
-चिकित्सा पेशा विशिष्टकृत सेवा भएकाले चिकित्सकहरुले अतिरिक्त समयमा गरेको आम्दानीमा लगाउँदै आएको अत्यधिक करलाई पुनरावलोकन गर्न हामीले गरिरहेको पटक पटकको दबाबलाई अब टुंगोमा पुग्ने गरी दबाब दिने।
– चिकित्सकहरुका लागि जीवन बीमा, स्वास्थ्य बीमा, घातक रोगविरुद्धको बीमा, दुर्घटना बीमा, Professional Liability Insurance निःशुल्क रुपमा अनिवार्य सरकारले गरिदिने कानुनी व्यवस्था ल्याउन हामीले गरेको प्रयास सकारात्मक रुपमा अगाडि बढीरहेको छ।अब हामी त्यसलाई टुंगोमा पुर्याउने गरी सरकारलाई दबाब दिने छौं।
-चिकित्सकहरुका लागि छुट्टै ऐन हुनुपर्छ भन्दै हामीले गरेको पहल अनुसार ुचिकित्सा सेवा विधेयकुको मस्यौदा तयार भएको छ। मस्यौदामा जनशक्तिको उचित र पर्याप्त व्यवस्थापनका लागि शिक्षक सेवा आयोग जस्तै स्वास्थ्य क्षेत्रमा छुट्टै चिकित्सक सेवा आयोगको स्थापनाको व्यवस्था समेत रहेको छ। हाम्रो पहलमा तयार भएको चिकित्सा सेवा विधेयकुको मस्यौदालाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय हुँदै संसदसम्म लैजान दबाब दिने।
– स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालमा चिकित्सकहरुको दरबन्दी सुनिश्चित गर्दै छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरकारलाई दबाब दिने।
-विभिन्न पेशागत संघसंगठनहरुसँग नेपाल चिकित्सक संघको नेतृत्वमा गठन गरिएको एलाएन्ससँग सरकारले विगतमा गरेका सम्झौताहरुलाई अक्षरसस् पालना गर्न सशक्त दबाब दिने।
२- सुरक्षा स् भयरहित सेवा, सुरक्षित पेशा
सुरक्षित कार्यस्थल र कानुनी संरक्षण हाम्रो प्राथमिकता
अस्पताल तथा स्वास्थ्य संस्थामा अहोरात्र खटिने चिकित्सकहरू कार्यस्थलमा सुरक्षितसाथ ढुक्कले काम गर्ने वातावरण अझै पनि बनेको छैन। हामीले लामो संघर्षपछि ुस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनु त ल्याउन सफल भयौं। तर यसको फितलो कार्यान्वयनले चिकित्सकहरू अझै पनि भौतिक र मानसिक आक्रमणको शिकार भइरहेका छन्। हामी ऐनमा रहेका प्रावधानलाई पालना गराउन र अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षा युनिटको व्यवस्थाका लागि थप काम अगाडि बढाउने छौं। चिकित्सकमाथि हुने भौतिक तथा मानसिक आक्रमण रोक्न हामी निम्न कदमहरू चाल्नेछौँ:
ऐनको कार्यान्वयन: ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), ऐन २०७९’ लाई देशभर शतप्रतिशत कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरुलाई घच्घच्याउने छौं।
प्रशासनिक समन्वय: ऐनको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन, प्रहरी र न्यायाधिवक्ताको कार्यालयसँग निरन्तर समन्वय गर्नेछौँ।
कानुनी सुधार: ( मुलुकी अपराध संहिताको परिच्छेद १९ को ‘इलाज सम्बन्धी दफा’ लाई संशोधन गर्न दबाब दिँदै टुंगोमा पुर्याउने।
-उपभोक्ता संरक्षण ऐन संशोधनका लागि तत्कालिन स्वास्थ्य, उद्योग र कानुन मन्त्रीको उपस्थितिमा अगाडि बढेको विषयलाई टुंगोमा पुर्याउने।
स्वास्थ्य सुरक्षा युनिट: अस्पतालहरूको सुरक्षालाई थप मजबुत बनाउन अस्पतालमा सुरक्षा युनिटको व्यवस्थाका लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायसँग पहल गर्ने।
जनचेतना अभियानस् स्वास्थ्यकर्मीमाथि हुने हिंसा न्यूनीकरण गर्न, चिकित्सक र बिरामीबीच विश्वासको वातावरण थप बलियो बनाउन देशव्यापी रूपमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछौँ।
– कुनै पनि चिकित्सकमाथि आक्रमण वा कानुनी झमेला परेमा संघको तर्फबाट हाल निःशुल्क रूपमा प्रदान गरिरहेको कानुनी सेवालाई थप विस्तार गर्न नेपाल बार एसोसिएसनसँग सहकार्य गर्ने ।
– ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), ऐन २०७९’मा रहेको चिकित्सक र अस्पतालको सुरक्षा सम्बन्धी बीमाको व्यवस्थालाई प्रभावकारी कार्यान्वयमा लैजान स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरुमा पहल गर्ने।
– सबै सरकारी र निजी अस्पतालहरूमा सुरक्षा मापदण्ड CCTV, सुरक्षाकर्मी, आकस्मिक निकास० भएरनभएको अनिवार्य ुसेफ्टी अडिटु गर्न लगाउने र मापदण्ड नपुगेका अस्पतालमा सुरक्षा सुधारका लागि पहल गर्ने।
-चिकित्सकको छवि बिगार्ने र उत्तेजना फैलाउने भ्रामक समाचार वा सोसल मिडिया पोष्टहरूका सम्बन्धमा विज्ञहरुसँगको सुझावका आधारमा तत्काल सत्यतथ्य सार्वजनिक गर्ने र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरेर कानुनी उपचार अगाडि बढाउने।
– उपचारको क्रममा हुन सक्ने भवितव्य र त्यसपछिको आक्रोशलाई व्यवस्थापन गर्न हरेक अस्पतालमा ‘Hospital Communication and Conflict Management Committee’ (HCCMC) गठन गर्न पहल गर्ने।
३- र्यापिड रेस्पोन्स टिम (Rapid Response Team) – RRT
चिकित्सकको सारथि, र्यापिड रेस्पोन्स टिम
चिकित्सकको जीवनमा आइपर्ने हरेक संकट( चाहे त्यो कार्यस्थलको असुरक्षा होस्, कार्यक्षेत्रमा हुने दुर्व्यवहार (Workplace Harassment) होस्, वा व्यक्तिगत तथा पेशागत अवरोध नै किन नहोस् त्यसलाई तत्काल सम्बोधन गर्न ‘टिम बद्री’ले र्यापिड रेस्पोन्स टिमु (RRT) को अवधारणा ल्याएको छ।समस्या सुन्ने मात्र होइन, तत्कालै समाधान गर्नका लागि यो टिम सक्रिय रहनेछ।
उक्त टिमले तत्कालै चिकित्सकहरु माथि परेको समस्या र संकटमा आवश्यकता अनुसार सेवा र सहयोग गर्ने छ।
तत्काल सुरक्षा र सहयोग : पेशागत असुरक्षा, भौतिक वा मानसिक आक्रमण, विपद् तथा महामारी, ध्यचपउबिअभ ज्बचबककmभलत हुँदा तत्काल उद्धार, सुरक्षा र अवश्यक सहयोग प्रदान गर्ने।
गुनासो सुनुवाइ: चिकित्सकका समस्याहरूलाई तत्काल सुन्ने र कार्यान्वयनका लागि द्रुत गतिमा पहल गर्ने।
शैक्षिक तथा अनुसन्धान सपोर्ट : अनुसन्धान र शैक्षिक गतिविधिमा आइपर्ने प्राविधिक तथा प्रशासनिक झन्झटहरूमा विशेषज्ञ सहयोग उपलब्ध गराउने।
पेशागत हकहित: कार्यस्थलमा हुने विभेद वा अन्य पेशागत अवरोधहरूको तत्काल समाधान खोज्ने।
आर्थिक सहयता: उपचार तथा अन्य आर्थिक समस्यामा परेका चिकित्सकहरुका लागि आर्थिक सहायताका बाटोहरु खोज्ने र सहयोग उपलब्ध गराउने छ।
४- ड्यूटी आवर र मानसिक स्वास्थ्य
बिरामीको सेवा गर्दागर्दै चिकित्सक आफैँ बिरामी पर्ने अवस्थाको आउनु हुँदैन। तर अत्यधिक कार्यबोझ र अनिद्राका कारण चिकित्सकको मानसिक स्वास्थ्यमा असर पुर्याइरहेको छ। जसका कारण सेवा प्रवाहमा समेत असर पर्न सक्छ। त्यसकारण हामीले चिकित्सकहरूको ड्युटी आवरलाई वैज्ञानिक बनाउन, अतिरिक्त श्रमको उचित मूल्यांकन गर्न र चिकित्सकहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर ‘वेलनेस’ कार्यक्रमहरू सञ्चालन गर्न विशेष पहल गर्नेछौं।
-चिकित्सकहरूमा बढ्दो मानसिक तनाव र थकानलाई सम्बोधन गर्न नेपाल चिकित्सक संघ, आवासीय चिकित्सकहरु र स्वास्थ्य मन्त्रालयबीच भएको सम्झौताको आधारमा बनाइएको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वनयमा ल्याउन सशक्त दबाब दिने छौं।
वैज्ञानिक ड्युटी तालिका: चिकित्सकको कार्यदक्षता र स्वास्थ्यलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ुवैज्ञानिक ड्युटी आवरु अनिवार्य लागू गर्न दबाब दिने।
बर्न-आउट सिन्ड्रोम (Burn-out Syndrome) को व्यवस्थापनस् अत्यधिक कार्यबोझले निम्त्याउने मानसिक र शारीरिक थकित अवस्थालाई कम गर्न विशेष कार्ययोजना र परामर्श सेवाको व्यवस्था गरिनेछ।
मनोसामाजिक परामर्श: चिकित्सकहरूको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालहरूमा नियमित मनोसामाजिक परामर्श र तनाव व्यवस्थापनका कार्यक्रमहरू अनिवार्य गर्न पहल गरिनेछ।
आराम र विश्रामको सुनिश्चितता: लगातारको ड्युटीपछि अनिवार्य विश्राम र पर्याप्त बिदाको कानुनी व्यवस्था गर्दै कार्यान्वयन गराउन दबाब दिइनेछ।
-ध्यान, योग र आरोग्य कार्यक्रमको निरन्तरता
५- शैक्षिक कार्यक्रम र अनुसन्धान
-राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरी तालिम, गोष्ठि, सेमिनार, अध्ययन लगायतमा धेरैभन्दा धेरै चिकित्सकको सहभागिता हुने वातावरण बनाउने।
-स्नातकोत्तर (PG) अध्ययन गर्नको लागि एक वर्षे कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था खारेज गर्न दबाब दिने ।
-बोन्डमा रहेका चिकित्सकहरूले पनि संघीय वा प्रादेशिक लोक सेवा आयोगको परीक्षामा भाग लिन पाउने व्यवस्थाका लागि दबाब दिने ।
-बोन्डमा रहेका चिकित्सकहरूले पनि PG/DM/MCh को लागि प्रवेश परिक्षा दिन पाउनुपर्ने र सो बोन्डको अवधि ऋबचचथ यखभच गर्ने व्यवस्था बनाउन दबाब दिने।
– चिकित्सा शिक्षा ऐनको दफा ३९ मा उल्लेखित शैक्षिक ऋण सम्बन्धि व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने।
-चिकित्सकहरुको प्रमाणपत्रको समकक्षता निर्धारणमा देखिएको समस्या समाधानका लागि काम अगाडि बढाउने। समकक्षताको विषय विश्वविद्यालय अनुदान आयोगबाट चिकित्सक शिक्षा आयोगमा ल्याउन र एकद्वार प्रणाली बनाउन पहल गर्ने।
– नेपाल मेडिकल काउन्सिलबाट जारी गरिने अस्थायी अनुमती पत्रको व्यवस्था खारेज गर्न दबाब दिने।
-विभिन्न विशेषज्ञ चिकित्सक समाजहरुसँग समन्वय गरेर अनुसन्धानका काममा चिकित्सकहरुलाई अवसरको बाटो खोल्नेदेखि डिजिज प्रोटोकल र प्रिभेन्टिभ गाइडलाइन्स बनाउने काममा तिव्रता दिने।
– चिकित्सकहरुलाई अनुसन्धानमा प्रोत्साहन गर्न अवार्ड र ग्रान्टहरुको व्यवस्था बढाउन पहल गर्ने।
– मेडिकल स्टुडेन्टलाई एनएमएबाट दिँइदै आएको छात्रवृत्तिको संख्या वृद्धि गर्न पहल गर्ने।
– हामीले अगाडि बढाएको एनएमए Research Wing लाई अझ सशक्त र व्यवस्थित गर्दै लैजाने।
६-सबै चिकित्सक अट्ने एनएमए, सबैलाई जोड्ने एनएमए
सबैको एनएमए, सधैँलाई एनएमएस् नयाँलाई अवसर, पुरानालाई सम्मान
नेपाल चिकित्सक संघ सम्पूर्ण चिकित्सकहरूको साझा घर हो। मेडिकल विद्यार्थीदेखि सेवा निवृत्त अग्रजहरूसम्मलाई एउटै छाताभित्र ल्याउन हामीले मेडिकल स्टुडेन्ट्स विङदेखि अग्रजहरुको समूह बनाउने छौं।नयाँ पुस्तालाई मार्गदर्शन र अनुभवीलाई उचित सम्मान दिँदै संघलाई प्रविधिमैत्री र सबैको पहुँचमा पुग्ने गरी विस्तार गर्नेछौं।
– NMA गुरुकुल सिरिज: अग्रज चिकित्सकहरुसँग नयाँ जेनेरेसनका चिकित्सकहरुबीच अन्तरक्रिया र अनुभव आदान प्रदान गर्न एनएमए गुरुकुल सिरिज कार्यक्रम सञ्चालनमा ल्याउने।
-अग्रज र नयाँ चिकित्सकहरुको सम्बन्ध जोड्दै अगाडि बढ्न NMA Senior and Junior Dr. Conclave गर्ने।
– अबको एनएमए जिल्ला जिल्लामा: हरेक जिल्लामा एनएमका युनिटहरु गठन गर्ने।
– मेडिकल विद्यार्थीलाई जेडिसी अन्तर्गत प्रत्येक मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा मेडिकल स्टुडेन्ट्स विङ गठन गर्ने। एमबीबीएस तथा बीडीएस अन्तिम वर्षका विद्यार्थीहरुलाई Work Place Counseling, Carrier Counseling र Communication skill का बारेमा जानकारी दिने छौं। सो क्रममा अग्रज चिकित्सक र नयाँ जेनेरेसनका चिकित्सकबीच सम्बन्ध विस्तार समेत गर्नेछौं।
-नेपाल मेडिकल काउन्सिलको लाइसेन्स उत्तीर्ण गरेका चिकित्सकलाई काउन्सेलिङ कार्यक्रम गर्ने।
-सदस्यता वितरणलाई विस्तार गर्नेदेखि थप सहज बनाइने छ।
– NMA Card मार्फत विभिन्न संस्थाहरूसँग MOU गरी सदस्यहरूलाई विशेष सुविधा उपलब्ध गराउने विषयमा थप काम अगाडि बढाइनेछ।
– हामीले अगाडि बढाएको मेडिकल म्युजियम निर्माणको काम सुरु भइसकेको छ र आवश्यक सामग्रीहरू उपलब्ध हुँदै आइरहेका छन्। म्युजिएममा थप आवश्यक सामग्रीका लागि सम्बन्धित निकायहरूसँग थप समन्वय तथा पहुँच विस्तार गर्दै अझै विस्तार गर्दै लगिने छ। साथै म्युजिएममा रहेका सामग्री तथा विषयवस्तुहरुको अभिलेख संग्रह गर्ने दस्तावेज समेत तयार पारिने छ।
– चिकित्सक संघको लाइब्रेरीलाई प्रदेश तहसम्म विस्तार गर्न प्रदेश सरकारसँग समन्वय गर्ने। यसका लागि प्रदेश संयोजकलाई जिम्मेवारी तोकिनेछ।
– नेपाल चिकित्सक संघको जर्नल (JNMA) लाई थप विस्तार गर्दै लगिनेछ।
– एनएमए मिडिया रुम तयार भएको छ। त्यसलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने छौं। पोडकास्ट मार्फत जनचेतनामुलक सन्देश, रिसर्च एनालाइसिस, अनुभव आदनप्रदान लगायतकाका कामको सुरुवात गर्ने।
– एनएमएको पहलमा प्रेस काउन्सिल नेपाल, स्वास्थ्य पत्रकारहरु, नेपाल पत्रकार महासंघ लगायतका निकायहरुका प्रतिनिधिको सहभागितामा तयार भएको टिओटी अनुसार प्रदेशमा तालिम कार्यक्रम सञ्चालन गर्ने।
– संघमा रहेको चिकित्सक कल्याणकारी कोषलाई थप विस्तार गर्दै लैजाने छौं।
– विशेषज्ञ चिकित्सक सोसाइटीसँग समन्वय गरेर सञ्चारकर्मीहरुसँग अन्तरक्रिया र नियमित रुपमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नेछौं।








