डा.किशोर खत्रीलाई वडाअध्यक्ष रावतले दिए ज्यान मार्ने धम्की

    • स्वास्थ्य पेज

  • ७ पुष २०८२, सोमबार

नेपालगन्जः दाङको तुलसीपुरस्थित डा.किशोर खत्रीले आफुमाथि ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ५ निवासी बालरोग विशेषज्ञ डा.खत्रीले तुलसीपुर उपमहानगरपालिका ११ का वडाअध्यक्ष मानबहादुर रावतले आफुलाई ज्यान मार्ने धम्की दिएको बताए ।

सोमवार विहान ७ः २० बजेको समयमा लक्ष्मी स्विट हाउसमा चिया नास्ता खान गएको अवस्थामा वडाअध्यक्ष रावतले आफुलाई नगरपालिकामा किन भाषण गरिस् ? तेरो के हैसियत छ ? तलाई सिध्याइदिन्छु भन्दै धम्की दिएको डा.खत्रीले बताए ।

उनले आफ्नो फेसबुकमा समेत पोष्ट गर्दै ज्यानको सुरक्षा माग्दै रावतमाथि कारवाहीको माग गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको जानकारी दिएका छन् ।

  • ७ पुष २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech