एनएमसीको निर्वाचनः काठमाडौं उपत्यका बाहिर ६ हजार ८४६ मत खस्यो

    • स्वास्थ्य पेज

  • ७ पुष २०८२, सोमबार

नेपालगन्जः नेपाल मेडिकल काउन्सिल (एनएमसी)को काठमाडौं उपत्यका बाहिर भएको निर्वाचनमा कुल ६ हजार ८४६ मत खसेको छ।

१ उपाध्यक्ष र ८ सदस्यका लागि पुस ४ र ५ गते भएको निर्वाचनमा ६ हजार ८४६ मत खसेको हो ।

काउन्सिलका रजिस्ट्रार डा सतिश देवले सबैभन्दा धेरै ९६६ मत भरतपुर अस्पतालमा रहेको मतदान केन्द्रमा खसेको जानकारी दिए।

काठमाडौंमा हुने निर्वाचनका लागि पुष ११ र १२ गते मिति तोकिएको छ।

कहाँ कति मत खस्यो ?
सेती प्रादेशिक अस्पताल धनगढी हस्पिटल – २९६

भेरी हस्पिटल नेपालगञ्ज – ३१८

कर्णाली प्रदेश अस्पताल सुर्खेत – १२३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ९२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही – १८८

लुम्बिनी प्रादेशिक हस्पिटल, बुटवल – ४३२

भीम हस्पिटल, भैरहवा – २७१

पाल्पा हस्पिटल तानसेन –११५

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८००

हेटौंडा हस्पिटल – १३९

लहान हस्पिटल  –१३०

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – ५८१

गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी – ८७

मेची प्रादेशिक अस्पताल भद्रपुर,झापा – २७५

प्रादेशिक अस्पताल जनकपुर – ६१७

नारायणी हस्पिटल, वीरगन्ज – ४९१

कोशी हस्पिटल विराटनगर – ९२५

भरतपुर हस्पिटल चितवन – ९६६

 

 

  • ७ पुष २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech