एचसीआरसी अस्पतालद्धारा हिरमिनियामा निःशुल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ४ पुष २०८२, शुक्रबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनियामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ। नेपालगन्जस्थित एचसीआरसी अस्पतालको आयोजनामा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा १५० बढी बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

एचसीआरसी अस्पतालको चिकित्सक टिम र हिरमिनिया स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु ।

अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ विकास शाह नेतृत्वमा डा.प्रकाश वर्मा लगायतको टोलीले विरामीको स्वास्थ्य चेकजाँच गरेको अस्पतालका मार्केटिङ विभाग प्रमुख पवन मल्लले जानकारी दिए । शिविरमा हिरमिनियाका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

शिविरमा आएका बिरामीहरु

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा पुगेर स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको मल्लले बताए ।

  • ४ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech