कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०८२, सोमबार

नेपालगन्ज: सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मीचन्द्र महतलाई तत्काल हाजिर गराउन आदेश दिएको छ।

रजिष्ट्रारमा नियुक्त भएपनि काम गर्न नदिएर अन्याय भएको भन्दै उनी सर्वोच्च पुगेका थिए। हाल उनलाई तत्काल हाजिर गराउन र काम गर्न भन्दै सर्वोच्चले प्रतिष्ठानलाई आदेश दिएको छ ।

उनी यही भदौमा रजिष्ट्रारमा नियुक्त भएका थिए। विद्यावारिधि शोधार्थी रहेका उनी जुम्लाको चन्दननाथ नगरपालिकाका बासिन्दा हुन्।

 

  • २२ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech