कमैयाडाँडामा एचसीआरसी अस्पतालद्धारा स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०८२, आईतवार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.६ स्थित कमैयाडाँडामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । एससीआरसी अस्पताल नेपालगन्ज र राप्ती सोनारी गाउँपालिकाको समन्वयमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमैयाडाँडा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । त्यसक्रममा १८० भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा विकास शाहले बताए ।

उनका अनुसार शिविरमा आएका बिरामीलाई स्वास्थ्य परामर्शसँगै आवश्यक बिरामीलाई औषधि समेत वितरण गरिएको थियो । वडा अध्यक्ष लवराज खरेलले अस्पतालको शिविरबाट स्थानीयले ठूलो लाभ पाएको बताए । उनले विशेषज्ञ चिकित्सक घरदैलोमा आएका कारण स्वास्थ्य जाँच तथा परामर्श सेवा लिन नपाएका स्थानीयले सेवा पाउँदा खुसी भएको बताए ।

शिविरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र कमैयाडाँडाका इन्चार्ज नियामत अलि साइ, सिनियर अनमी तिलसरी घर्ती मगर र चेतनाथ थारु, ल्याब टेक्निसियन मनिराम थारु, अहेव मनोज कुमार मौर्य र अनमी रेखा पुनले सहजीकरण गरका थिए । अस्पतालका तर्फबाट मार्केटिङ विभाग प्रमुख पवन मल्ल, विजय चौधरी, प्रतिक कार्की र मानवीर फटेरा लगायत सहभागि भएका थिए ।

  • २१ मंसिर २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech