एनएमएको उपाध्यक्ष लड्ने डा अरुण शाहीको घोषणा

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०८२, आईतवार

नेपालगन्जः नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनलाई लक्षित गर्दै डा अरुण शाहीले बागमती प्रदेश उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अन्कोलोजीका सहायक प्राध्यापक तथा एनएमएका आजीवन सदस्य रहेका शाहीले भिडियो सन्देशमार्फत उम्मेदवारी घोषणा गरेका हुन्।

उनले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पेशागत संगठनमा पनि त्यही इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको प्रतिबद्धता छ । उनले भने-‘राम्रो काम र संघको साख वृद्धि हुने कुरामा म जोसँग पनि जोडिन तयार छु ।’

डा शाहीले आफू कहिल्यै प्रत्यक्ष राजनीतिमा संलग्न नरहेको उल्लेख गरे। यद्यपि देशको स्वास्थ्य प्रणाली जटिल मोडमा पुगेको भन्दै अब केवल व्यक्तिगत क्लिनिकल भूमिकाले मात्र समस्यासँग जुध्न नसकिने उनले बताए।

आगामी निर्वाचनलाई उनले केवल नियमित प्रक्रिया नभई ‘एनएमए उत्सव’का रूपमा मनाउन अपिल गरेका छन्। उनले एनएमएका सबै अग्रज, सहकर्मी तथा सदस्यहरूलाई साथ, सहयोग र सक्रिय सहभागिताको लागि अनुरोध गरेका छन्।

  • २१ मंसिर २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech