कोहलपुरमा मनाइयो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०८२, शुक्रबार

कोहलपुरः कोहलपुर नगरपालिकाले २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको मनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयसेविका नगर कमिटी अध्यक्ष तिला खड्काको अध्यक्षता तथा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी विकको प्रमुख आतिथ्यतामा दिवस मनाइएको शाखा अधिकृत अमृत रानाले बताए ।

महिला सामुदायिक स्वास्थ्य स्वयसेविका सिता गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोहलपुर नगर अस्पतालका मेसु डा प्रतिभा भण्डारी, मेडिकल अधिकृत डा शिव आले, स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी लगायतले शुभकामना दिएका थिए । दिवसको अवसरमा प्रभातफेरी समेत निकालिएको थियो ।

प्राथमिक स्वास्थ्य सेवालाई समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात २०४८ सालमा भएको हो।हाल कोहलपुरमा ७१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सक्रिय छन्। महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालका सामुदायमा आधारित स्वास्थ्य सेवाहरूको महत्वपूर्ण अंग बनेका छन्।

उनीहरूको सक्रियताले स्वास्थ्य प्रणालीप्रति समुदायको पहुँच, विश्वास र सहभागिता बढाएको छ। प्रारम्भमा परिवार नियोजन र बाल स्वास्थ्यमा सीमित स्वयं सेविकाहरूको भूमिका समय क्रमसँगै कार्यक्षेत्र निकै फराकिलो हुँदै खोप कार्यक्रममा सहयोग, भिटामिन ए वितरण, सुरक्षित मातृत्व प्रवद्र्धनर समुदायमा बालबालिकाको निमोनिया तथा पखाला जस्ता सामान्य रोगहरूको पहिचान र प्राथमिक उपचारमा समेत महत्वपूर्ण भूमिका खेलेका छन्।

  • १९ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech