चिकित्सकले सिफारिस गरेको औषधि पूरै सेवन गर्न मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०८२, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको पूरा मात्रा सेवन गर्न आग्रह गरेको छ । चिकित्सकले सिफारिस गरेको औषधि पूरै सेवन गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

सेवन गरिरहेको औषधि बीचमै नरोक्न मन्त्रालयको आग्रह छ । एकपटक सेवन गरेर बाँकी रहेको औषधि पुनः प्रयोग नगर्न र अरूलाई पनि नदिन मन्त्रालयले सुझाएको छ ।

मन्त्रालयले एन्टिवायोटिकलगायत औषधिको जथाभाबी प्रयोग नगर्न पनि आग्रह गरेको छ । स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिवायोटिकलगायत औषधिको प्रयोग गर्न नहुने मन्त्रालयले बताएको हो ।

स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिवायोटिकलगायत औषधि सेवन गरेर स्वास्थ्यलाई जोखिममा नपार्न मन्त्रालयले आग्रह गरेको छ ।

“जब ब्याक्टेरिया, ढुसी र भाइरस समयसँगै परिवर्तन भएर औषधि अप्रभावी हुन्छन्, तब प्रतिजैविक प्रतिरोध विकास हुन्छ । यसबाट  रोगको संचो हुँदैन,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “त्यसैले स्वास्थ्यकर्मीले सिफारिस गरेको अवस्थामा मात्र प्रतिजैविक औषधि प्रयोग गर्नुपर्छ ।”

“पशुपन्छी बिरामी पर्दा पशु स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र औषधि प्रयोग गर्नुहोस्,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “साबुनपानीले हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् ।”

  • १६ मंसिर २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech