नेपालगन्ज: भेरी अस्पतालका ५५ जना विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघको ३४औं स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले शनिवार भेरी अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका पदाधिकारी एवम् सदस्य तथा पूर्व अध्यक्ष र पदाधिकारीहरूको उपस्थितिमा विरामीलाई फलफूल वितरण गरिएको हो ।