राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८२, आईतवार

नेपालगन्जः राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।

२०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा विगत ४ वर्षदेखि कार्यरत छन्।

संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन्। यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।

सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा रहेका छन् ।४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु हुन् ।नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ ।

  • ११ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech