अवैध औषधीसहित जमुनाहबाट एक जना पक्राउ

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८२, सोमबार

नेपालगन्जः अवैध औषधीसहित बाँकेमा एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेशस्थित अमरहवाका २५ वर्षीय तालिव मलिक जमुनाह नाकाबाट अवैध औषधीसहित पक्राउ परेका हुन् ।

उनलाई बाँके प्रहरीको टोलीले आइतवार पक्राउ गरेको हो । पक्राउ परेका मलिकमाथि औषधी व्यवस्था विभाग बाँकेले अनुसन्धान सुरु गरेको छ । विभागका अनुसन्धान अधिकृत दिपेन्द्र कुमार साहले पक्राउ परेका मलिकमाथि गम्भीर ढंगबाट अनुसन्धान भइरहेको बताए ।

जिल्ला अदालतबाट एक हप्ताको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको उनले बताए । नेपालमा दर्ता नभएका अवैध औषधी ल्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

यौन उत्तेजना बढाउने टाइगर मुमेन्ट क्रिम, पावर ओमन क्याप्सुल, लाइभ अन गोल्ड क्याप्सुल लगायतका अवैध औषधीसहित उनी पक्राउ परेका हुन् ।

  • ५ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech