घरमै यसरी गर्न सकिन्छ फेस मसाज

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७९, बुधबार

शरीरको रोम छिद्र भित्र रहेको फोहोर, मृत कोशिका, कालो दाग निकाल्नको लागि फेस मसाज गरिन्छ। मसाज क्लिन्जीङ पछि गर्नै पर्छ। फेस मसाजका लागि सामग्री  घरमा पनि बनाउन सकिन्छ। र घरमा बनाएको सामग्रीले मसाज गर्दा छाला बिग्रने डर हुदैन। तर मसाज छालाको अवस्था अनुसार गर्नुपर्छ। चिल्लो छालाको लागि चामलको पिठामो थोरै मात्रामा मिल्क पाउडर पानी मिसाएर ३ देखि ५ मिनेट सम्म मसाज गर्नुपर्छ।

सुख्खा छालाको लागि तोरीको गेडालाई पिनी त्यसको एक भाग जती चामलको पिठो र आधा भाग बेसारमा मोस्चराइजर क्रिम मिसाएर मसाज गर्दा फेसमा चमक आउछ र दागहरु पनि हराउँछ। एलर्जि आउने सेन्सेटिभ छाला भएकाले फेस मसाज गर्नुहुदैन। तर फेसमा एकदमै काला दागहरु आएका छन् भने महमा कागतीको रस मिसायर मसाज गर्दा फेसमा चमक आउछ र दाग पनि हट्छ।

सामान्य छाला भएकाले पनि मह र कागतीको लेपले मसाज गर्न सकिन्छ। फेस मसाज महिनामा चारपटक गर्नुपर्छ। मसाज पिम्पल वा घाउ भएको अवस्था वा एलर्जी भएको समयमा गर्नु हुँदैन।

बनाउने तरिका

विभिन्न प्रकारका मसाज सामग्री बनाउन सकिन्छ। जस्तै तोरी, गहुँ, मह, चामल, फलफूलबाट र गहुँको टुक्राबाट तयार पार्न सकिन्छ।

फाइदा
–    क्लिन्जीङले नआएको फोहोरहरु, मृतक कोषहरु, वातावरणबाट रोम छिद्रामा परेको कालो दाग निकाल्न सकिन्छ।
–    अनुहारको छालामा रहेका कोषिकाहरुलाई पुनर्जिवन दिने काम गर्छ।
–    छालालाई सन्तुलनमा राखि सुन्दर देखाउ‘छ।
–    धेरै मात्रामा सन बर्न हटाउने काम गर्छ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech