नेपालगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा दीपिका सोनी

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

नेपालगन्ज: त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन ( स्ववियु) सभापतिमा अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्वाचित भएको छ ।

सभापतिमा दीपिका सोनी निर्वाचित हुनुभएको छ । उहाँ
नेविसंघ (नेपाली कांग्रेस निकट), अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट) र अनेरास्ववियु (नेकपा एस) निकटको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । उहाँले अनेरास्ववियु (नेकपा एमाले) निकटका तर्फबाट सभापति पदका उम्मेदवार नीलिमा गिरीलाई ३ मतले हराउनु भएको हो ।

सोनीले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गिरीले ७८ मत प्राप्त गर्नुभयो । सचिव पदमा अनेरास्ववियुकी देवार्चना अधिकारी निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा संयुक्त प्यानलकी रेलुसा खत्री निर्वाचित निर्वाचित हुनुभयो । सदस्य पदमा संयुक्त प्यानलकी रश्मी अधिकारी, अनेरास्ववियुबाट इशा पौडेल र बिनिता बेल्वासे निर्वाचित हुनुभएको छ ।

समानुपातिक मतमा भने अनेरास्ववियुलाई १०१ र संयुक्त प्यानलाई ६० मत प्राप्त भएको छ । नर्सिङ क्याम्पसमा १ सय ६१ मत खसेको थियोे ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech