अनुहार सफा राख्न के गर्ने ?

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७९, शनिबार

अनुहार सफा राख्न के गर्ने ?

– नियमित शारीरिक व्यायाम अत्यावश्यक छ । नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ ।

– हामीले खाने खाना कति स्वस्थकर छ, यस विषयमा ख्याल गर्नुपर्छ । खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ । पानी पर्याप्त पिउनुपर्छ ।

– हरेक दिन हाम्रो जीवन दौडधुपमै बितिरहेको छ । सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणले हाम्रो छालामा प्रत्यक्ष असर गर्छन् । त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ ।

– राति अबेर बस्ने, बिहान ढिलोसम्म सुत्ने बानीले छाला मात्रै होइन, अन्य रोगहरू निम्त्याउनसमेत भूमिका खेलिरहेको हुन्छ । त्यसैले कम्तीमा सातदेखि १० घन्टा सुत्नुपर्छ ।

– मानसिक रुपमा सन्तुष्ट हुनुपर्छ । आफू जे छु, त्यसैमा सन्तोष गर्न सक्यो, आफैँलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ ।

– बजारमा डन्डिफोर र छाला चाउरी पर्नेजस्ता समस्याको समाधान गर्नका लागि विभिन्न प्रकारका सौन्दर्य सामग्री पाइन्छ । तर, चिकित्सकसँग परामर्श नगरी जथाभावी  त्यस्ता सामग्री प्रयोग गर्दा गम्भीर समस्या आउन सक्छ ।

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech