जानकारी नगराई बिदा बस्ने ५ नर्सलाई वीर अस्पतालले सेवाबाट हटायो

    • स्वास्थ्य पेज

  • ३० फाल्गुन २०७९, मंगलवार

काठमाडौं:  वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई सेवाबाट वीरले हटाएको हो ।

अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उहाँहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको हो । अस्पतालका अनुसार ढकाल  २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते,  श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन हुनु भएको थियो ।

पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

 

 

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech