यी खानेकुराले दिन्छन् इनर्जी

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०७९, आईतवार

चकलेट:  चकलेटका पनि धेरै फाइदा छन् । यसमा फाइबर पर्याप्त हुन्छ । यसले इनर्जी दिन्छ । तर, चिनीबाट बनेको चकलेट भने स्वास्थ्यका लागि राम्रो मानिदैन । कोकोआ प्लान्टबाट बनेका डार्क चकलेट राम्रा हुन्छन् । केक बनाउँदा पनि यसको प्रयोग गर्ने गरिन्छ ।

नट्स: बदाम, काजु, आल्मोन्ड, ओखर, कटुस नट्सअन्तर्गत पर्छन् । प्रशस्त प्रोटिन र क्याल्सियम पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले यो राम्रो मानिन्छ । दिनमा दुई वा तीनवटा नट्स खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । तर, अत्यधिक सेवन गर्न भने हुँदैन । हड्डीलाई मजबुत बनाउने कामसमेत यसले गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ । ओखरले दिमागको मेमोरी पावर बढाउँछ ।

अलैँची:  लैँचीले जिउ तताउँछ । मुखलाई पनि फ्रेस राख्छ । यसले छालामा पनि निखार ल्याउँछ । सुकुमेल र ल्वाङले पनि मुखलाई फ्रेस राख्छन् ।

किसमिस स्  किसमिस सिट्रस फुड हो । यसमा आइरन पोटासियम, क्याल्सियम तथा फाइबर प्रशस्त मात्रामा पाइन्छ । जो स्वास्थ्यका लागि लाभदायक छ ।

फलफूल स्  फलफूलका फाइदैफाइदा छन् । हरेक फलफूलका अलग विशेषता हुन्छन् । अम्लीय पदार्थ दिने फलहरू ज्यामिर, मौसम, सुन्तला, भोगटे, कागती, भुइँकटहरमा भिटामिन डी र सी पर्याप्त पाइन्छ ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech