नेपाल फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा पन्त निर्वाचित

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७९, आईतवार

काठमाडौं: नेपाल फर्मास्युटिकल्स एसोसिएशन (एनपिए) को अध्यक्षमा ललितमोहन पन्त निर्वाचित हुनुभएको छ । एसोसिएशनको अन्तिम मतपरिणाम अनुसार पन्तले  निकटतम प्रतिस्पर्धी डा रोभस कुसुम सुवेदीलाई हराउँदै निर्वाचित हुनु भएको हो ।

यस्तै एसोसिएशनको उपाध्यक्षमा अमृत गौरो र देवानन्द साह निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्ष महिला तर्फ संगिता विष्ट निर्वाचित हुनुभएको छ ।  महासचिव पदमा सञ्जीव शर्मा कट्टेल निर्वाचित हुनुभयो। सचिवमा केदार प्रसाद साह र विवेक श्रेष्ठ निर्वाचित हुनुभएको छ।

यस्तै कोषाध्यक्ष पदमा गोपिना राई निर्वाचित हुनुभयो ।  सह-कोषाध्यक्ष पदमा निर्मल राज मरासैनी र प्रचार सचिव पदमा अनिश श्रेष्ठ निर्वाचित हुनुभयो । सदस्य खुल्लामा श्रृष्टि प्रजापति र मनोज भट्टराई निर्वाचित हुनुभयो भने सदस्य महिलामा शौभाग्य डंगोल निर्वाचित हुनुभएको छ । नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये ९९२ मत मात्र खसेको थियो।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech