नेपाल फार्मास्युटिकल्स एशोसिएसनको चुनाव सुरु

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७९, शनिबार

काठमाडौं: नेपाल फार्मास्युटिकल्स एशोसिएसनको निर्वाचन सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो चार बजेसम्म हुनेछ।निर्वाचन नयाँ बानेश्वरको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा भइरहेको छ । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।

अध्यक्षमा फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्त प्रतिस्पर्धामा  हुनुहुन्छ। अमृत गौरो, देवानन्द साह, प्रदिप लम्साल, बद्री केसी र लक्ष्मी नारायण न्यौपाने उपाध्यक्षमा, रोनक श्रेष्ठ र संजिता विष्ट उपाध्यक्ष महिलामा, धिरज रौनियार र संजिव शर्मा कट्टेल महासचिवमा प्रतिस्पर्धामा हुनुहुन्छ ।

सचिवमा केदार प्रसाद साह, विवेक श्रेष्ठ, विष्णु प्रसाद कंडेल, विष्णु रेग्मी, संजय चौधरी, सानुकाजी श्रेष्ठ, कोषाध्यक्षमा गोपिना राई र राजन मानन्धर, सह कोषाध्यक्षमा निर्मल राज मरासैनी र सुशिल नेपाल, प्रचार सचिवमा अनिश श्रेष्ठ र यज्ञ राज बडुको उम्मेदवारी परेको छ।

सदस्यहरुमा अशोक भुषाल, आनन्द ठाकुर, कपिल बोगटी, भाइकाजी बस्नेत, मनोज भट्टराई, सुदर्शन बिडारी, संजिव प्रजापति, सुशिल अधिकारी र सृष्टी प्रजापति र सदस्य महिलामा प्रेरणा मानन्धर र सौभाग्य डंगोलको उम्मेदवारी परेको छ।

  • २० फाल्गुन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech