थोपा प्रयोगशालाको ‘Early Bird’ Membership योजना

    • स्वास्थ्य पेज

  • २२ माघ २०७९, आईतवार

नेपालगन्ज: नेपालगन्जमा रहेको थोपा प्रयोगशालाले विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । सञ्चालनको सुरुका दिनमा प्रयोगशाला जाँचका लागि विभिन्न प्याकेजहरु सार्वजनिक गरिएको यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिनुभयो ।

अहिले प्रयोगशालाले अर्ली बर्ड मेम्बरसीप “Early Bird Membership “योजना सञ्चालन गरिरहेको छ । जसमा रु १००० को सदस्यता शुल्कमा रु २१०० बराबरको जाँच गर्न सकिने प्रयोगशालाले जनाएको छ ।  यसमा ( Complete Blood cell Count, Random Blood Sugar, Thyroid Funtion Test ) को जाँच हुने बताईएको छ ।

त्यस्तै प्रयोगशालाले डिजिटल मेम्बरशीपको योजना समेत सार्वजनिक गरेको छ । प्रयोगशाला ईन्चार्ज आकाश मिश्रका अनुसार यसमा थोपाको सदस्य रु ५०० मा बन्न सकिनेछ । सदस्य बनिसकेपछि मोबाईलमा आउने Unique Id  सेभ गरेर राख्ने र सोही आइडीबाट जिवनभर थोपा प्रयोगशालामा कुनै पनि प्रयोगशाला जाँचमा २० प्रतिशत डिस्काउन्ट पाउँन सकिने मिश्रले जानकारी दिनुभएको छ ।

आइडिका कारण कार्ड बोक्ने झन्झन्टबाट समेत मुक्त हुन सकिने प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले अर्ली बर्ड मेम्बरसीप योजना अन्तर्गतनै “Grow With Thopa” योजना समेत सार्वजनिक गरेको छ । यसमा आफ्ना साथीभाई र परिवारका सदस्यहरुलाई आफु मार्फत सदस्य बनाए, थप डिस्काउन्ट पाउने प्रयोगशाला सञ्चालक सुलभ आचार्यले जानकारी दिनुभएको छ । प्रयोगशालाले आफ्ना सदस्यहरलाई वृष्टि थोपा, स्वर्ण थोपा र अमृत थोपामा वर्गिकरण गर्ने र सोही अनुसार सेवा सुविधा प्रदान गर्ने जनाएको छ ।

प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function,Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease,  Anemia Test, एलर्जीको लागि IgE परिक्षण गरिरहको जनाएको छ ।  “सैबजसो उपकरणहरु USFDA मान्यता प्राप्त छन्,” सञ्चालक आचार्यले भन्नुभभयो–”यी सबै उपकरणहरुको Precision बढि भएकाले रिर्पोटको एक्कुरेसी बढी रहन्छ ।”

यस्तै HbA1c टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थ्यालेसिमिया ) समेत HPLC बाट भइरहको प्रयोगशालाका इन्चार्ज आकाश मिश्रले जानकारी दिनुभयो ।

प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको मिश्रले बताउनुभयो। प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भईरहको बताइएको छ । प्रयोगशाला इन्चार्ज मिश्रका अनुसार थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ ।

नेपालगन्ज- १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको प्रयोगशालाले भविष्यमा थप अत्याधुनिक उपकरणहरुबाट आवश्यक सेवाहरु दिँदै जाने लक्ष्य बोकेको छ । प्रयोगशालामा लामो समय कार्य अनुभव सँगालेका दक्ष प्रयोगशालाकर्मीहरु रहेका छन् ।

प्योथोलोजिष्ट, भाइरोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोक्यामिस्ट लगायत अन्य टेक्निसियनहरुको टिमले यस क्षेत्रमै गुणस्तरीय सेवा दिन निरन्तर मेहनत गरिरहेको जानकारी गराउँदै यसका सञ्चालक आचार्यले प्रयोगशाला जाँचका लागि थोपासँग सहकार्य गर्न सबैमा आग्रह गर्नुभएको छ ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech