रविलाई न्याय गर्नुपर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभरले गरे आत्मदाहको प्रयास

    • स्वास्थ्य पेज

  • १९ माघ २०७९, बिहीबार

नेपालगन्ज: रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास  गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका कार्कीले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिनुभयो ।

कार्की बाँकेको कोहलपुर निवासी भएको खुलेको छ । प्रहरीले समयमै उद्दार गरेकाले ठूलो घटना टरेको हो ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech