काँग्रेस लुम्बिनी प्रदेशको स्वास्थ्य विभागको प्रमुखमा अञ्जना पाण्डे मनोनित

    • स्वास्थ्य पेज

  • १७ माघ २०७९, मंगलवार

नेपालगन्जः नेपाली काँग्रेस लुम्विनी प्रदेश समिति सदस्य अञ्जना पाण्डे स्वास्थ्य विभाग प्रमुखमा मनोनित हुनु भएको छ ।

नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागहरुको प्रमुख मनोनित गर्ने क्रममा बाँकेकी पाण्डेलाई स्वास्थ्य विभागको प्रमुखमा मनोनित गर्नु भएको हो ।

काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद धारा १३ को उपधारा ११ (क) मा व्यवस्था भएअनुसार विभागको प्रमुख पदमा मनोनयन गरिएको मुख्य सचिव मोहनराज शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech